१९ चैत्र २०८१, मंगलबार | April 1, 2025

राजावादीहरुले झापामा शक्ति प्रदर्शन गर्दै, पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागी हुने



काठमाडौं । राजावादीहरुले आज (शुनिबार) झापामा ‘शक्ति’ प्रदर्शन गर्ने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा हुन लागेको शक्ति प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि उपस्थित हुने बताइएको छ ।

पूर्वराजा शाह कलेज उद्घाटन तथा पृथ्वीनारायण शाहको सालिक अनावरणको लागि शुक्रबार झापा जाने कार्यक्रम यसअघि नै तय भएको थियो । ज्ञानेन्द्रको आगमनलाई राप्रपाले शक्ति प्रदर्शन कार्यक्रममा परिणत गरेको हो ।

पूर्वराजा शाह शुक्रबार अपराह्न नै झापा पुगिसकेका छन् । उनले बिर्तामोडको पञ्चकन्यास्थित इकम कलेजको उद्‌घाटन र कलेज क्षेत्रमा नै निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्नेछन् ।

उनलाई शनिबार मोटरसाइकल र्‍यालीमार्फत् बिर्तामोड पुर्‍याउने कार्यक्रम छ । मोटरसाइकल र्‍यालीमा राप्रपाका ५ हजार बढी कार्यकर्ता सहभागी हुने बताइएको छ ।

पूर्वाराजा शाह समेतको उपस्थितिमा हुने शक्ति प्रदर्शनको व्यवस्थापनका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन केही दिनदेखि झापामा नै बसिरहेका छन् ।

राजतन्त्र फर्काउने मागसहित मेडिकल व्यवसायी दुर्गा प्रसाई भने काठमाडौं केन्द्रीत ‘आन्दोलन’मा सहभागी छन् । प्रसाई केही दिन अगाडि झापाबाट काठमाडौं आएका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  १० : २१ बजे

राप्रपा सांसद दीपक बोहोराको निधन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा सांसद

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

लिस्बन । पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेलले राष्ट्रपति

अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही

म्याग्दी । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न

पाटेबाघलाई निकुञ्जमा छाडियो

कञ्चनपुर । बेलौरी नगरपालिका-२ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको बयस्क भाले

प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक