२९ मंसिर २०८२, सोमबार | December 16, 2025

मन्त्री किरातीको तिहार चेपाङ समुदायसँग : समुदायलाई किरातीको न्यानो कपडा



चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती चेपाङ समुदायलाई न्यानो कपडा (ब्ल्याङकेट) वितरण गरेका छन् । इच्छाकामना गाउँपालिका १ सप्रेनीका १६ चेपाङ परिवारलाई उनले दुईरदुई ब्ल्याङकेट वितरण गरेका हुन् ।

सोमबार आयोजित कार्यक्रममा उनले आफ्नो पुस्तकको बिक्रीबाट उठेको रकमबाट चेपाङ समुदायलाई सहयोग गरेको जानकारी दिँदै चेपाङ जातीको भाषा र संस्कृति जोगाउन आवश्यक रहेको बताए । “चेपाङ समुदाय मागेर खाने समुदाय मात्र होइन”,उनले भने, “चेपाङ संस्कृति पर्यटन र आयआर्जनसंग जोडेर देशलाई संमृद्धि बनाउने समुदाय पनि हो ।” सरकारले अल्पसंख्यक, सिमान्तकृत जनजातिको भाषा,संस्कृति संरक्षणका लागि विषेश प्राथमिकता दिने उनको भनाइ थियो ।

मन्त्री किरातीले चेपाङ संस्कृति जोगाउन अतुलनीय योगदान पु¥याएवापत भोटे बहादुर चेपाङ र बाबरी चेपाङलाई नगद पाँच÷पाँच हजार सहित सम्मान गरे । सो अवसरमा भोटेबहादुर चेपाङले ढ्याङग्रो बजाएर मन्त्री किरातीलाई आफ्नो संस्कृति देखाएका थिए । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले चेपाङको अवस्था र इच्छाकामनामा पर्यटन सम्भावनाका बारेमा जानकारी दिएका थिए । मन्त्री किरातीले इच्छाकामनाका चेपाङ समुदायलाई लक्षित गरेर पर्यटनका ‘प्याकेज’का कार्यक्रम ल्याउने जानकारी दिए । मन्त्री किरतीले चेपाङ समुदायसंग देउसीभैलो समेत खेलेका थिए।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ७ : ४८ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको