१४ पुस २०८१, आइतबार | December 29, 2024

नेपाल संवतको भ्रम निवारण



काठमाडौं । पर्दाभित्र मान्छे छ भनेर थाहा भए पनि को मान्छे छ थाहा नभए झैँ पर्दाले छेकिएको नेपाल संवतको पनि वास्तविक स्वरुप थाहा नभएर अनेकौं अडकलबाजी मात्र गर्दै आएको पाइन्छ । यस्तो अड्कलबाजी एउटारदुईवटा मात्र होइन, अनगिन्ती छन् । तीमध्ये मुख्य मुख्य केही यहाँ औँल्याउन खोजिएको छ ।

नेपाल संवतको नामकरण नेवारले गरेको होइन कतिपय स्वदेशी तथा विदेशी लेखक तथा इतिहासकारहरुले विनाप्रमाण नेपाल संवतलाई नेवार संवत भनेर लेखी दिए । वास्तवमा यो एक प्रकारको बाक्लो पर्दा भन्न सकिन्छ । शुरुमा नेपाल संवत् केवल संवत् मात्र भनेर प्रचलन हुन आयो । लिच्छवीकालमा चलेको संवत् पनि यस्तै गरी संवत् मात्र भनेर प्रचलन भएको अभिलेखहरुबाट स्पष्ट हुन्छ ।

नेपाल संवत् १४८ पुग्दा अष्टसाहश्रिका प्रज्ञापारमिता ग्रन्थ लेखिंदा नेपाल संवतसर भनेर उल्लेख गरियो । संस्कृत भाषामा लेखिएको उक्त ग्रन्थकार नेवारै हो भन्ने प्रमाण छैन । नेपाल संवतसर भन्ने शव्द पनि नेवारी शब्द होइन । नेपाल भन्नाले नेवारसहित अरु सकल जातजातिको देश हो । यी सकल जातजातिले अपनत्व गरेको हुनाले नेपाल संवतसर कहलिएको हो । यो प्रज्ञापारमिता कलकत्तामा बस्ने एसके सरस्वती भन्ने व्यक्तिको सङ्ग्रहमा छ भनी धेरै लेखकहरुले उल्लेख गर्ने गरेका छन् ।

नेपाल संवत् १४८ पुग्दा अष्टसाहश्रिका प्रज्ञापारमिता ग्रन्थ लेखिंदा नेपाल संवतसर भनेर उल्लेख गरियो । संस्कृत भाषामा लेखिएको उक्त ग्रन्थकार नेवारै हो भन्ने प्रमाण छैन । नेपाल संवतसर भन्ने शव्द पनि नेवारी शब्द होइन ।

राष्ट्रिय अभिलेखालयमा रहेको शिव धर्मशास्त्र राजा रुद्रदेवको पालामा श्री रामाद्वहय भन्ने व्यक्तिले संवत् २९० मा लेखेको भनी दिइएको छ । यसमा संवत् २९० लाई नेपाल संवतसर २९० भनेर उल्लेख गरेका छन् । यसमा पनि राजा रुद्रदेव र ग्रन्थका लेखक श्रीरामाद्वहय भन्ने व्यक्ति नेवारै हो भन्ने प्रमाण छैन । नेपाल संवतसर शब्द पनि नेवार शब्द होइन ।

एक शैवाचार्य श्रीधरराज गुरुणाले लेखेको एउटा सन्दर्भ लुसियानो पेतेकले उल्लेख गरेका छन् । त्यसमा संवत् ३०४ लाई नेपाल देशीय संवत् भनेर उल्लेख गरिएका छन् । शैवाचार्य श्रीधरराज गुरु नेवार थियो भन्ने प्रमाण छैन । यदि उनी नेवार भए नेपाल देशया संवत् ३०४ भनेर लेख्दथ्यो होला । यसमा संस्कृतमा नेपाल देशीय संवत् भनेको त्यो बेला सकल नेपालीले अपनत्व गरेको भएर नै नेपाल देशीय भनेको भन्ने स्पष्ट हुन्छ ।

संवत् ३६६ मा राजा अभय मल्लको पालामा लेखिएको एक सन्दर्भमा नेपाल देशीया भिलिख्यमान ३६६ भनेर उल्लेख छ । राजा अभय मल्ल नेवार थिए भन्ने पनि प्रमाण छैन र नेपाल संवतलाई जनाउने विशेष वाक्यांश नेवारी भाषामा छैन । यसले पनि सम्पूर्ण नेपालीले अपनत्व गरेको नेपाल संवत् भएकोले यो विशेषण दिइएको हो भन्ने स्पष्ट छ ।

राजा अभय मल्ल नेवार थिए भन्ने पनि प्रमाण छैन र नेपाल संवतलाई जनाउने विशेष वाक्यांश नेवारी भाषामा छैन । यसले पनि सम्पूर्ण नेपालीले अपनत्व गरेको नेपाल संवत् भएकोले यो विशेषण दिइएको हो भन्ने स्पष्ट छ ।

संवत् ५०६ मा राजा जयस्थिति मल्लको पालामा लेखिएको एक सन्दर्भमा नेपालिक अब्द श्रीमान् नेपालिक संवतसर ५०६ भनेर उल्लेख गरिएको छ । राजा जयस्थिति मल्ल नेवार थिए भन्ने कुनै प्रमाण छैन । नेपाल संवतको यो लामो विशेषण संस्कृत भाषामा छ नेवारी भाषामा होइन ।

संवत् ५२६ को पाटन सुन्धाराको राजा धर्म मल्लको शिलालेखमा नेपाल संवतलाई श्रीवर्षः नैपालिकः श्रेयोस्तु संवत् ५२६ भनेर उल्लेख गरिएको छ । राजा धर्म मल्ल नेवार नै थिए भन्ने प्रमाण पनि छैन । त्यतिबेला राष्ट्रिय भाषा नेवारी हुन सक्ला तर राजा नेवार हुँदैमा सकल प्रजा नेवार नै हुन जान्छ भन्ने प्रमाण पनि छैन । यदि नेपाल संवतको यति लामो विशेषण नेवारी भाषामा नभई संस्कृतमा छ । वास्तवमा नेपाल संवत् तात्कालीक समयमा सकल नेपाली जातजातिको साझा संवत् थियो भन्ने कुरामा विवाद छैन ।

संवत् ७९० को रानीपोखरीको चारसुरमा रहेको राजा प्रताप मल्लको देवनागरी लिपिको शिलालेखमा शिलालेखको पाठ लेख्ने पण्डित कुनैमा श्रीकृष्ण मिश्र छ भने कुनैमा वशिष्ठ शर्माको नाम उल्लेख छ । यसमा राजा प्रताप मल्लले देवनागरी लिपि र नेपाली भाषा प्रयोग गरेका छन् । यसरी भाषा प्रयोगको आधारमा राजा नेवारै हो पनि भन्न मिल्दैन र खस नै हो पनि भन्न मिल्दैन । यसमा नेपाल संवतलाई केवल संवत् मात्र भनिएको छ । साथमा नेपाल संवतसँग ८०२ वर्ष अन्तर रहेको लिच्छवी संवत् १५९२ समेत उल्लेख गरिएको छ । मल्लकालमा लिच्छवी संवतलाई शाके संवत् भनेर प्रयोग गर्ने गरिएको छ । कतिपय लेखक तथा इतिहासकारहरुले शक संवत् भन्नु र शाके संवत् भन्नु एकै हो जस्ता भ्रम फैलाइआएको पाइन्छ ।

कतिपय लेखक तथा इतिहासकारहरुले शक संवत् भन्नु र शाके संवत् भन्नु एकै हो जस्ता भ्रम फैलाइआएको पाइन्छ ।

वास्तवमा यो एक प्रकारको गम्भीर भूल थियो भन्ने कुरा ती लेखक तथा इतिहासकारहरु अहिलेसम्म पनि सकार्ने त परै जावस्, महसुससम्म पनि गर्ने गरेको देखिएको छैन । हुन त यो महसुस गर्न कुनै गार्हो कुरा पनि छैन । किनभने नेपाल संवत् शुरु हुँदा शक संवत् ८०१ कार्तिक र लिच्छवी संवत् ८०३ कार्तिक भएकाले नेपाल संवत् १ भनेको शक ८०१ को कार्तिकदेखि शक ८०२ को असोजसम्म रहने भएकाले शक र नेपाल संवतबीचको अन्तर ८०० र ८०१ हुने निश्चित भएको हो ।

नेपाल संवत् पनि कार्तिकादी र लिच्छवी संवत् पनि कार्तिकादी भएकाले जसरी नेपाल संवत् कात्तिकदेखि असोजसम्म १ भए जस्तै लिच्छवी संवत् पनि ८०३ भएकाले यी दुईको अन्तर ८०२ हुने निश्चित भएको हो । यसैको परिधिमा रहेर तुलना गर्दा शक संवत् र लिच्छवी संवत् एउटै होइन भन्ने पनि स्पष्ट हुन्छ । अतः शक र शाके पनि एकै होइन भन्ने पनि स्पष्ट हुन्छ । यस प्रकार नेपालमा चलेको संवतको विषयमा अनेकौं पर्दा हाल्दै आएकाले संवतको कुरा आयो कि दिशा विहिन भएर दिग्भ्रमित हुने गरेको पाइन्छ ।

नेपाल संवतमा अपनत्व लिन पछि हट्नुका कारण
पहिलो कारण नेपाल संवतसित बालुवा सुन भएको कपोलकल्पित कथा जोड्न ल्याई दिएकाले नेवारमध्ये अधिकांशले बाहेक यो कथालाई आत्मसाथ गरेनन् । तब ती समूह बाहेक अरुले यो संवत् हाम्रो पनि हो भनेर अपनत्व गर्न छोडी दिए ।

दोस्रो कारण नेपाल संवतलाई ऋणमुक्त संवत् भनी दिएकाले नेवारमध्ये केही समूहले बाहेक अरुले आत्मसात गर्न छोडी दिए । त्यसमाथि ऋणमुक्त भएको उपलक्ष्यमा म्हपूजा गरेको भन्न थाले । पछि नेवारमध्ये धेरैले नेपाल संवतलाई मात्र होइन, म्ह पूजालाई समेत बहिस्कार गर्दै आए । अहिले नेवार जातिभित्र पनि म्ह पूजा गर्न नपर्नेहरु धेरै छन् । यसको मतलव जो ऋणी थिए ती समूह ऋण मुक्त भएको हुनाले ती सिमित वर्गले अपनत्व गरेको संवत् भनेर अर्थ लगाए ।

वास्तवमा नेपाल संवतलाई गौरवमय बनाउन शङ्खधर साख्वा नाम गरेको साहुले आफनो अपार सम्पत्ति उत्सर्ग गरी धेरैको ऋण मुक्त गराई दिए ।

तेस्रो कारण नेपाल संवतलाई शङ्खधरकृत नेपाल संवत् भनी दिएकाले नेवारमध्ये केही समूहले बाहेक अरुले आत्मसात गर्न छोडी दिए । वास्तवमा नेपाल संवतलाई गौरवमय बनाउन शङ्खधर साख्वा नाम गरेको साहुले आफनो अपार सम्पत्ति उत्सर्ग गरी धेरैको ऋण मुक्त गराई दिए । नेपाल संवतको नयाँ वर्ष लागेको उपलक्ष्यमा ऋण मुक्त कार्यक्रम गरेको कुरालाई उल्टोपारी ऋणमुक्त गरेर नेपाल संवत् शुरु गरेको भनेर अर्थ लगाए ।

चौथो कारण शङ्खधर साख्वालाई बालुवा सुनमा परिणत भएको कपोलकल्पित कथाको एक मुख्य पात्र बनाए । मल्लकालमा बालुवा सुनमा परिणत भएको कथाको कुनै नामोनिशान केही पनि छैन । राणाकालमा रचना भएको भाषा वंशावलीलगायत केही वंशावलीले यो कथालाई बडो मलजल गराई दिएपछि इतिहास भनेको के हो ? इतिहासका स्रोत प्रमाण भनेको के हो ? त्यो केही नबुझने सीमित नेवार समुदायले बाहेक अरुले यो कथालाई आत्मसात गर्न छोडी दिए ।

अफसोचका साथ भन्नु पर्दछ कि नेवार समुदायले जसरी हुन्छ नेवारको संवत् भन्न भनाउन बडो लालायित देखाई आए ।

केही समूह मल्लकालको शिलालेखमा पनि शङ्खधरको नाम देखियो भनेर मिथ्या अफवाह फैलाउन भरमग्दुर प्रयास गर्दै आएको पनि देखा परेको छ । उनीहरुको हेतुमा नेपाल संवत् ऋणमुक्त संवत् नै हो र शङ्खधरकृत नेपालसंवत् नै हो भन्ने प्रयासमा जुटी आएका छन् । वास्तवमा उनीहरुको यो दुष्प्रयास सूर्यलाई हातले छेके जस्तै मात्र हो । किनभने नेपाल संवत् ८२९ को अभिलेखलाई एकातिर मिल्काएर त्यसलाई ८२७ को कृत्रिम अभिलेख तयार गरेर मिथ्या प्रचार गर्दै आएको रहस्य अहिले उद्घाटन भइसकेको छ ।

निष्कर्ष
समग्रमा भन्नुपर्दा नेपाल संवतको विषयमा यस्ता अनेकौं अनेक जाल प्रपञ्च रचना गर्दै आएको र यो संवत् सीमित नेवार समुदायको एकलौटी संवत् भन्न भनाउन खोजिएका छन् । वास्तवमा नेपाल देश सम्पूर्ण नेपालीको देश हो । मल्लकालसम्म यो नेपाल संवत् सम्पूर्ण नेपालीको साझा संवत् भएर रहे । पछि राजाको वंश परिवर्तन भएसँगै नेपाल संवतलाई अनेकौँ मिथ्या सन्दर्भ जोडेर ओझेलमा पार्ने प्रयास जारी रहे । अफसोचका साथ भन्नु पर्दछ कि नेवार समुदायले जसरी हुन्छ नेवारको संवत् भन्न भनाउन बडो लालायित देखाई आए । नेवारबाहेकका अरु समुदाय चाहिँ झन्झन् नेपाल संवतलाई आफ्नो पनि हो भन्ने सोच विकास गर्नेतिरभन्दा पर पन्छिनेतर्फ उन्मुख हुँदै आए । आज आएर नेपाल संवतले नचाहँदा नचाहँदै यो दुर्गति भोग्दै आउनुपरेको छ । (लेखक इतिहास तथा पुरातत्वविद् हुन्)

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  १२ : ११ बजे

आइतबारदेखि मौसम सुधार हुने

काठमाडौं । शुक्रबार रातिदेखि बदली भएको मौसम भोलिदेखि सुधार हुँदै

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घे नेपालमा

काठमाडौँ । श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे आज आज नेपाल भ्रमणमा

लिपुलेक भन्ज्याङ सडक सञ्चालनबारे भारत र चीनबीच भएको सम्झौता खारेजीको माग

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव ‘सी’ नेतृत्वको नेकपाले चीन र

‘मध्यपुर महोत्सव’ अवलोकन गर्नेको घुइँचो

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले २६ वर्षपछि आयोजना गरेको तीनदिने ‘मध्यपुर

कर्णाली चिसापानीमा जलपादेवी केबलकारको शिलान्यास

कैलाली। काठमाडौँको चन्द्रागिरि र बुटवलको बसन्तपुर केबलकारको सफल संचालनपछि कैलाली