५ चैत्र २०८१, मंगलबार | March 18, 2025

मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले राखे विश्व रेकर्ड



काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओम मूर्ति अनिलले मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड कायम गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् जनचेतना जगाउँदै आएका उनले विश्व मुटु दिवसको अवसर पारेर दिएको मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिले विश्व रेकर्ड बनाएको हो ।

गत १२ असोजमा आफ्नो फेसबुक पेजबाट आफूले दिएको मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिले विश्व रेकर्ड कायम गरेको डा.ओममूर्ति अनिलले न्युज कारखानालाई जानकारी दिए ।

उनका अनुसार फेसबुक लाइभमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ भन्ने शीर्षकमा गिनिज वल्र्ड रेकर्डस् कायम गरेको हो ।

गत १२ असोज शुक्रबार साँझ ७ः१५ बजेदेखि सुरु भएको आधा घण्टा लामो उक्त प्रस्तुतिमा ११ हजार २१२ सय जनाले एकैपटक प्रत्यक्ष हेरेका थिए । आधा घण्टा लामो वैज्ञानिक प्रस्तुतिलाई त्यति ठूलो संख्यामा नेपाली नागरिकहरूले अन्त्यसम्म हेरेर विश्व रेकर्ड कायम गर्न साथ दिएका उनले बताए ।

डा. ओम मूर्ति अनिलको ३० मिनेट लामो उक्त फेसबुक लाइभलाई ९ हजार जनाले सेयर गरेका थिए । त्यसक्रममा २० हजार लाइक र १८ हजार कमेन्ट आएका थिए । फेसबुक लाइभ प्रस्तुति सम्पन्न हुँदासम्म १ लाख ५० जनाले हेरेको डा। अनिलले जानकारी दिए ।

लाइभ प्रस्तुतिपछि ‘गिनिज वल्र्ड रेकर्ड’का सम्पूर्ण मापदण्ड पूरा गरी उनले विश्व रेकर्ड कायम भएको दाबी पेस गरेका थिए । व्यक्तिगत क्षमता, सीप र पहिचानभन्दा भिन्न उद्देश्य बोकेको यस रेकर्डले संसारभरका मानिसको लागि प्रेरणाको स्रोत सावित हुनेछ । सामाजिक उत्थान र समाजप्रतिको जिम्मेवारीबोध गराउने यस्तो कार्यले आममानिसलाई मार्गदर्शनसमेत हुने विश्वास छ ।

यो रेकर्डले अन्तर्राष्ट्रियस्तरमा स्वास्थ्य सचेतनाका लागि सामाजिक सञ्जालको भूमिका र उचित प्रयोगको बारेमा उदाहरणीय रहेको छ ।डा. ओम मूर्ति अनिलले मुटुरोगको रोकथामका निम्ति लामो समयदेखि फेसबुकमार्फत् जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएका छन् ।

वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओम मूर्ति अनिलले दोस्रो विश्व रेकर्ड मार्च २०२३ मा बनाएका थिए । सन् २०१३–१४ मा इमेज एफ् एम् १०३.६ मेगाहर्जबाट अतिथि वक्ताको रुपमा लगातार ४४ हप्ताको इपिसोड गरेर विश्व रेकर्ड कायम गरेका थिए । यो कार्यक्रम मुटुरोगको बारेमा सचेतना फैलाउने उद्देश्यले संचालन गरिएको थियो ।

सामाजिक सञ्जालमार्फत मुटुरोगबारे फैलिएको भ्रम चिर्दै स्पष्ट पार्दै आएका उनले विश्व रेकर्ड कायम गरेका हुन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  २ : २२ बजे

आठ महिनामा बीस गैँडा मरे

चितवन । चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा

मुआब्जा नपाएपछि जलविद्युत आयोजना बन्द

खोटाङ । यहाँको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने

करिब बीस करोड रकमसहित काठमाडौंमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको

दाङमा मकै उत्पादन बढ्यो

दाङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको

स्ववियु निर्वाचन : बाँकेका ३ क्याम्पसमा मतदान सुरु, जनसिद्देश्वरमा स्थगित

नेपालगन्ज । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज सहित बाँकेका तीन वटा