२५ चैत्र २०८१, सोमबार | April 8, 2025

नेपालगन्जमा पहिलो पटक प्रदेश स्तरीय पौडी प्रतियोगिता हुँदै



नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक प्रदेशस्तरीय पौडी प्रतियोगिता हुने भएको छ । नेपालगन्ज स्वीमिङ क्लवको आयोजनामा कात्तिक २५ गते नेपालगन्ज रंगशालामा रहेको पौडी पोखरीमा प्रतियोगिता संचालन हुने भएको हो ।

प्रतियोगितामा बाँके, बर्दिया, दाङ, रुपन्देही र नवलपरासीका ५६ जना खेलाडी सहभागी हुने निश्चित भएको क्लवका अध्यक्ष केशवराज न्यौपानेले जानकारी दिए । न्योपानेका अनुसार प्रतियोगितामा ८, १०, १२, १४, १५ वर्ष उमेर समूहका अतिरिक्त खुल्ला उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

क्लवका वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीले ८ र १० वर्ष उमेर समूहका खेलाडीले २५ मिटर र अन्य खेलाडीले ५० मिटर दुरीमा प्रतिस्पर्धा गर्ने तथा खुल्लामा बटर फ्लाई र फ्रि स्टाइलमा प्रतिस्पर्धा हुने जानकारी दिए ।

क्लबले आज नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको उद्घाटन सत्रमा नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष अशोक बज्राचार्य, महासचिव जगतमान श्रेष्ठ र लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराई सहभागी हुने जानकारी दिएको छ।

आयोजकका अनुसार प्रतियोगिताका विजेतालाई मेडल, ट्रफी र प्रमाणपत्र दिइने छ । नेपालगञ्ज रंगशालामा राष्ट्रियस्तरको प्रतियोगिता गर्ने तयारी अनुरुप प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा क्लवका उपाध्यक्ष डा. नितेश कनोडिया, प्रशिक्षक चन्द्रराम चौधरीलगायतले पत्रकारको जिज्ञासाको जवाफ दिएका थिए ।

नेपालगन्ज रङ्गशालामा पौडी पोखरी बनेपछि नवौं राष्ट्रिय खेलकुदका लागि छनोटमा प्रयोग भएपनि पोखरीमा ठुलो प्रतियोगिता भएको या नै पहिलो हुनेछ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ९ : ४३ बजे

स्वाद-उत्सवको पहिलोदिन नेपालगन्जमा उत्साहजनक उपस्थिती

नेपालगन्ज । आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण

शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाउन बुटवल उप-महानगरपालिकाको आह्वान

बुटवल । शिक्षक महासंघद्वार आह्वान गरिएको आन्दोलनका कारण विद्यालयहरूको नतिजा

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका

मापदण्ड विपरीतका सवारी साधन रोकिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग