पाल्पा । पाल्पामा टिप्परले किचेर एक युवतीको ज्यान गएको छ । निस्दि ७-मोटेखर्क स्थित ज्यामिरे-अरुणखोला भित्रि कच्चि सडक खण्डमा टिप्परले किचेर १९ वर्षीया दिल कुमारी आलेको मृत्यु भएको हो ।
भुटुकेबाट चुनढुङ्गा लिई नवलपुरको होड्सी सिमेन्टतर्फ जाँदै गरेको लु २ ख ५२९ नम्बरको टिप्परको अचानक ब्रेकमा समस्या आई सडकको भित्तामा ठोक्किन जाँदा टिप्परबाट हाम फाल्ने क्रममा सोही टिप्परको टायरले किचेर पाल्पा पुर्वखोला २ जल्पाकी आलेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार टिप्परमा चालक सहित ४ जना सवार रहेको तथा सोही टिप्परमा रहेकी २५ वर्षीया हिमाली आले, चालक मकवानपुर मनोहरी-९ का अन्जन सुनार, सह-चालक आशिष सुनाए घाइते भएका छन् । घाइतेहरुको नवलपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा अनुसन्धान भइरहेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले बताए ।
प्रतिक्रिया