१७ चैत्र २०८१, आइतबार | March 30, 2025

जाजरकोट र रुकुमका भूकम्प पीडितलाई नरैनापुरबाट सहयोग सामग्री



नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई २ लाख २५ हजार बराबरको सहायता सामग्री पठाएको छ ।

कार्तिक १७ गते जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले प्रभावित क्षेत्रहरुमा बाँकेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल मार्फत सहायता सामाग्री पठाएको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए ।

नरैनापुर गाँउपालिकाका प्रेस विज्ञ आलम खानका अनुसार प्रमुख प्रशासकिय अधिकृत खराल सहित वडा नं ४ का अध्यक्ष मनोज शर्मा र वडा नं ५ का अध्यक्ष कृष्णचन्द मौर्यले प्रमुख जिल्ला अधिकारी पोख्रेललाई सहायता सामग्री सहितको पत्र हस्तान्तरण गरेका थिए । चामल, दाल, नून, आयोडिन लगायतका सामग्री रहेको छन् ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहबाट भूकम्पबाट ज्यान गुमाएका प्रति हार्दिक श्रद्धान्जली अर्पण गरि मृतकका परिवारमा समबेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना ब्यक्त भएको प्रेस विज्ञ खानले बताए । सोही बिनाशाकारी भूकम्पमा परि नलगाड नगरपालिकाका उप प्रमुख सरिता सिंह लगायत मृत्यु भएका सबै मृतप्रति पालिकाले श्रद्धाञ्जली अर्पण गरेको खानले बताए ।

गाउँपालिकाले घाइतेहरुको स्वास्थ्योपचार, उद्धार, तथा राहतका लागि जुट्न आग्रह गर्दै गाउँपालिकाबाट समेत सो कार्यका लागि सामाग्री पठाइएको र एम्बुलेन्स तयारी अवस्थामा राखिएको प्रमुख प्रशासकीय अधिकृत खरालले जानकारी दिए ।

शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  २ : २६ बजे

४५ वर्ष अघि चोरी भई अमेरिका पुगेका २१ वटा पुरातात्विक महत्वका वस्तु फिर्ता

काठमाडौँ । नेपालबाट विगतमा चोरी भएर अमेरिका पु¥याइएका २१ वटा

नेपालमा हुने पहिलो इन्टरनेसनल रनिङ कन्फ्रेन्स २३ जेठमा

काठमाडौं । नेपालमा खेलकुद सम्बन्धि बहस छलफल बिरलै भइरहेका बेला

फरार दुर्गा प्रसाई फेसबुक लाईभमा देखिए

काठमाडौं । प्रहरीले फरार भनेको बिबादस्पद मेडिकल ब्यावसायी दुर्गा प्रसाईं

प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँसेर स्थगित

काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँसेर स्थगित भएको छ