२३ भदौ २०८१, आइतबार | September 8, 2024

उद्धार, राहत र पुनर्निर्माणका लागि सरकारलाई कांग्रेसले दियो २१ बुँदे सुझाव



काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई भूकम्पपश्चात् राहत, पुनःस्थापना र पुनःनिर्माणलाई थप व्यवस्थित बनाउन सुझाव दिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा पदाधिकारीसहितको कांग्रेस प्रतिनिधिमण्डले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर उद्धार, राहत, पुनर्स्थापना र पुनःनिर्माणका लागि तत्कालीन र अल्पकालीन उपाय अपनाउन सुझाव दिएको हो ।

पार्टीले भूकम्पलगत्तै सरकारले सक्रियतापूर्वक निर्वाह गरेको भूमिकाको प्रशंसासमेत गरेको छ । जाजरकोट केन्द्र बनाई गएको भूकम्पले जाजरकोट र पश्चिम रूकुममा ठूलो जनधनको क्षति भएको छ । तत्कालीन र अल्पकालीन काम १२ बुँदामा र पुनःनिर्माणका काम नौ बुँदामा सरकारलाई सुझाव दिइएको पार्टीको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिन सभापति देउवा, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, प्रचार विभाग प्रमुख विश्वकर्मा र योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्द पोखरेलसहित बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए ।

राहत, उद्धार र पुनःस्थापनाको कार्यमा एकद्वार प्रणालीमार्फत प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिएर सङ्घीय सरकारको अनुगमन र सहजीकरण गर्नु उपयुक्त हुने पनि सुझाउनाका साथै कांग्रेसले भूकम्पपीडितलाई राहतस्वरुप यसअघि घोषणा गरेको रु ५० लाखको चेक पनि हस्तान्तरण गरेको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  १ : ३९ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर