४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

राष्ट्रपति पौडलद्वारा विदेश भ्रमण स्थगित



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको पर्सीदेखि तय भएको फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित भएको छ ।

विनाशकारी भूकम्पजस्तो प्राकृतिक विपत्ति आइपरेका बेला मुलुक छाड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति पौडेलले सो भ्रमण स्थगित गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले प्रेस नोटमार्फत जानकारी दिए ।

राष्ट्रपति पौडेल भूकम्प प्रभावितहरूको अवस्था बुझ्न भोलि बिहान भूकम्प प्रभावित क्षेत्रतर्फ जानु हुने कार्यक्रम तय भएको जनाइएको छ ।

नेपाल सरकार मन्त्रिपरिषदको बैठकले ती मुलुककको भ्रमण स्वीकृत गरेको भोलिपल्टै जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिमलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो ।

सो भ्रमण नेपाल र नेपाली जनताका लागि अत्यन्त महत्वपूर्ण हुँदाहुँदै पनि प्राकृतिक विपत्ति आइपरेको हुनाले यो बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपतिले भ्रमण स्थगित गरेको प्रेस सल्लाहकार पोखरेलले बताए ।

राष्ट्रपति पौडेल फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको निमन्त्रणामा यही नोभेम्बर ९ देखि ११ तारिखसम्म पेरिसमा हुने पिस फोरम कार्यक्रम अन्तर्गतको ‘वान पोलार प्लानेट समिट’ तथा ‘पेरिस प्याक्ट फर पिपुल एण्ड प्लानेट’ सम्मेलनमा भाग लिन जाने कार्यक्रम तय भएको थियो । नेपालले पेरिस सम्झौता २०१५ मा विश्वको तापमान एक दशमलव पाँच डिग्री सेल्सियसभित्र नियन्त्रण गर्ने प्रतिवद्धता जनाएको र नेपालले सन् २०४५ भित्र शून्य डिग्री कार्वन उत्सर्जनको महत्वाकांक्षी लक्ष्य राखेको छ ।

बिग्रँदो पर्यावरणलाई कसरी अनुकुल बनाउने भन्ने उद्देश्य रहेको उक्त सम्मेलनमा कार्वन उत्सर्जनको कुनै कारक नभएर पनि नेपालले जलवायु परिवर्तनको असर भोग्नु परेको सम्बन्धमा विश्वजगतको ध्यानाकर्षण गराउने कार्यक्रम थियो । त्यस्तै, युरोपेली युनियनका महत्वपूर्ण राष्ट्रहरू फ्रान्स, जर्मनी र इटलीबाट राष्ट्रपति पौडेललाई आएको निमन्त्रणासँगै ती मुलुकका राष्ट्रपतिसँग तीन दशकपछि उच्चस्तरको महत्वपूर्ण भेटवार्ता पनि तय थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ४ : ४४ बजे

शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day