१९ पुस २०८१, शुक्रबार | January 3, 2025

भन्सार नाका कडाई र ब्यवस्थित गराउन माग गर्दै सीमानाका पुगे उद्योगी ब्यवसायी



बुटवल । सिमामा नियमन र अनुगमन बढाउन बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले भैरहवा भन्सार कार्यालय सहित स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराएको छ ।

हालै निर्वाचित पदाधिकारी तथा कार्यसमितिको टोलीले भैरहवा भन्सार कार्यालय, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई ध्यानाकर्षण गराउदै उद्योग व्यवसाय बचाइदिने वातावरण बनाउन माग गरेका छन् । नेपाली उपभोक्ताले घरायशी प्रयोजनका नाममा बिना भन्सार सामान भित्राउँदा स्वदेशी बजार धराशयी भएको भन्दै उनीहरुले भन्सार कडाई नियमित र निरन्तर गर्न माग गरेका हुन् ।

संघका उद्योग उपाध्यक्ष सुरज भट्टराई नेतृत्वमा पुगेको टोलीले भैरहवा भन्सार कार्यालय प्रमुख नारद गौतम, प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी उपरिक्षक दिपक कुमार थापा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुखलाई ज्ञापन पत्र बुझाउदै सिमानाका कडाईलाई यथावत राख्न आग्रह गरेका थिए । जेठ १८ गते देखि भन्सार नाकामा भएको कडाईका कारण स्थानीय उद्योग व्यबसायमा सकारात्म प्रभाव परेकोले सिमामा नियमन र अनुगमनलाई निरन्तरता दिदै नेपाली उद्योगी व्यवसायीलाई संरक्षण गर्नुपर्ने बताएका छन् ।

भन्सारले सिमानाका कडाई गर्ने नीति लिएसँगै नेपाली बजारमा व्यापार बिस्तार, स्थानीय उत्पादनको प्रवद्र्धन र राजश्व असुलीमा समेत बढोत्तरी भएको तथ्याङक छ, दशैं तिहारको समयमा नाकामा केही खुकुलो परिएको भन्ने सूचना अनौपचारिक रुपमा आएकोले भन्सार नाकामा कडाई यथावत गर्नुपर्ने उपाध्यक्ष भट्टराईले माग गरे ।

भन्सार जाँचपासका ढिलाई, सर्भर डाउन, डिटेन्सन शुल्क, एजेन्टमार्फत काम गराउनु पर्ने बाध्यत्मक व्यवस्थाका कारण उद्योगी व्यवसायी मर्कामा परेको भन्दै छिटै विग्रने कच्चा पदार्थको भन्सार प्रक्रिया फास्ट ट्रयाकमा गर्ने वातावरण मिलाउन समेत संघले आग्रह गरको छ ।

संघका वाणिज्य उपाध्यक्ष विमलराज भटराईले भन्सार क्षेत्रलाई थप व्यवस्थापन थप व्यवस्थित गर्नु पर्ने, हामोर्निक कोडमा एकरुपता, भारतिय जिएसटी बिलको आधारमा मुल्याङकन नहुदाँ उद्योगी व्यवसायीहरु भन्सारमा सास्ती खेपेको उदाहरणहरु रहेकोले कार्यालयबाट हुने व्यवस्था कार्यालयबाटै गरिदिन र नहुने कुराहरु विभाग मन्त्रालय वा सरोकारवाल निकायमा पहल गरिदिन आग्रह गरेका छन् ।

सरकारले भन्सार राजश्वलाई आम्दानीको स्रोत मानेको छ भने अर्को तर्फ कमजोर भन्सार नियमन र खुल्ला सीमाबाट नेपालको कुल ग्राहस्थ उत्पादनको एक तिहाई बराबरको चोरी निकासी हुने गरेको संघको ज्ञापन पत्रमा उल्लेख छ । स्थानीय व्यवसाय तथा उत्पादनलाई टेवा दिन विगत लामो समय देखि भन्सार तथा खुल्ला सीमा नियमनको सन्दर्भमा संघले निरन्तर पहल तथा पैरवी गर्दै आएको छ । खुद्रा उपभोग्य बस्तुमा समेत भन्सार महशुल लिने कार्यको थालनी भएको कारण स्थानीय व्यवसायमा सकारात्मक असर देखिएको सम्बद्ध निकायलाई संघले आभार व्यक्त गर्दै दशै तिहार जस्ता महत्वपूर्ण चाडपर्वको नाममा राजनैतिक तहबाट नै भन्सार खुकुलो पार्नु पर्ने धारणा तथा अभिव्यक्रि प्रति संघको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।

देशको अर्थतन्त्र दरिलो पार्न भन्सार तथा खुल्ला सिमा नियन्त्रण थप कडाईमा जानु पर्ने नीतिको विपरित वर्तमान भन्सार कडाईको व्यवस्थालाई रोक्ने प्रयास प्रति स्थानीय उद्योगी व्यवासायीहरुको हितमा नरहेको ज्ञापनपत्रमा उल्लेख छ ।

भन्सार नाका तथा सीमा नियमन यपुर्ववत यथावत कडाई गरी भन्सार तथा राजश्व असुली समेत अपेक्षा गरिए अनुसार हुन नसक्ने हुदा व्यवसायिक सुरक्षा र राजश्व अभिबृद्धिमा संघको सहयोग र साथ हुने अध्यक्ष हरि प्रसाद अर्यालद्वारा जारी ज्ञापन पत्रमा उल्लेख छ ।

भन्सार कार्यालय प्रमुख नारद गौतमले चाडपर्वको वा कसैले भनसुनको नाममा भन्सार कार्यालयले कुनै पनि प्रकारको छुट नगर्ने बताउदै भन्सार ऐन, कानुन अनुसारको मापदण्डमा रहेर काम गर्नेमा कार्यालय प्रतिबद्ध रहेको बताए । उनले अवैध काम गर्ने को सूचना दिन माग गर्दै अवैध काम गर्नेमा छापा हान्ने प्रतिबद्धता जनाए ।

पूर्वाधारको कारण भन्सारको काममा केही ढिलाई भएको पाएका छौ । भएको जनशक्तिलाई शनिबार पनि उपयोग गरी कार्यालयले नियमित कार्य सम्पादन गरिरहेको छ । हामीले उद्योगलाई प्राथमिकतामा नै राखेर काम गर्ने गरेको बताए । सुरक्षा निकायमा प्रमुखहरुले सिमा क्षेत्रमा निगरानी बढाइएको र अवैध ओसारपसार न्यूनिकरणमा लागिरहेको बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ९ : २८ बजे

मदन भण्डारी इन्डो नेपाल भलिबल : आर्मी र मणिमुकुन्दको जित, एक खेल स्थगित

बुटवल । बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच

सकियो बुटवलको औद्योगिक व्यापार मेला

बुटवल । बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेला सकिएको छ ।

आधुुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आधुुनिक र समृद्ध नेपाल

शेरा दरबार जग्गा हिनामिनामा संलग्नलाई कारबाही गर्न अध्यक्ष दाहालको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री