२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनीमा (फोटोफिचर)



भैरहवा । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लुम्बिनी आइपुगेका छन् । मंगलबार बिहान अन्नपूर्ण बेसक्याम्प पुगेका गुटरेस विशेष विमानबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी आइपुगेका हुन् ।

महासचिव गुटेरेस गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलबाट लुम्बिनी भने हेलिकप्टरबाट आएका हुन् । महासचिव गुटरेसको स्वागतको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लुम्बिनी पहिलै आइसकेका थिए । महासचिव गुटेरेस पोखराबाट सिधै लुम्बिनी आएका थिए भने प्रधानमन्त्री प्रचण्ड काठमाडौंबाट लुम्बिनी आएका हुन् ।

बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक भ्रमणमा आएका महासचिव गुटेरेसलाई प्रधानमन्त्री प्रचण्डसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री सुशीला श्रीपाली, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याला लामा लगायतले स्वागत गरे ।

महासचिव गुटरेस डेढ घण्टा लुम्बिनीमा रहे । गुटरेसले शान्ति दीप हुँदै मायादेवी मन्दिरको दर्शन र प्रार्थना गरेका छन। शान्ति दीपबाट मायादेवी मन्दिरसम्म उनी पैदल गए ।

गुटरेसले लुम्बिनीको अवलोकनपछि पत्रकारहरुमार्फत शान्तिभूमिबाट शान्तिको सन्देशसहितको सम्बोधन गरे । करिब १५ वर्षपछि भएको राष्ट्रसंघका महासचिवको लुम्बिनी भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । यसअघि सन् २००८ नोभेम्बरमा वान की मुनले संयुक्त राष्ट्रसंघको महासचिवको रुपमा लुम्बिनीको भ्रमण गरेका थिए ।

 

 

 

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  १ : ५० बजे

विश्व स्वास्थ्य दिवसको अवसरमा बुटवल हस्पिटलद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । विश्व स्वास्थ्य दिवसका अवसरमा बुटवल हस्पिटल प्रालिले रक्तदान

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल कुन अदृष्य शक्तिले चल्न दिएन ? : निजी क्षेत्र

बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन नसकेपछि

चैत्र शुक्ल एकादशी : कामदा एकादशी व्रत गरिँदै

काठमाडौं । चैत्र शुक्ल एकादशीका दिन आज मनोकामना पूरा हुने

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको

आईपीएल : मुम्बईविरुद्ध विराट र रजतको अर्धशतकमा आरसिबी १२ रनले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को सोमबार भएको खेलमा रोयल