काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटका लागि आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको छ ।
कीर्तिपुरमा जारी प्रतिस्पर्धामा नेपालले सिंगापुरविरुद्ध उत्कृष्ट सुरुवात गर्दै विजयी बनेको हो ।
पहिले ब्याटिङ गरेको सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले ८४ रनको साझेदारी गरे । कुशल भुर्तेलले अर्धशतक पुरा गरे ।
टस जितेर ब्याटिङ थालेको सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन मात्र बनाउन सकेको थियो । सिंगापुरका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रन बनाए । आर्यविर चौधरीले ३७ र मनप्रित सिंहले २४ रन बनाए ।
नेपालका बलर अभिनाष बोहोराले ३ विकेट लिँदा सन्दीप लामिछाने, गुल्शन झा र करण केसीले दुई–दुई विकेट लिन सफल भए ।
प्रतिक्रिया