३० चैत्र २०८१, शनिबार | April 12, 2025

बाँके प्रशासनबाट दुर्गा मुर्ती विसर्जनकालागि समयसिमा निर्धारण

र्‍यालीलाई ड्रोन सहितको उपकरणबाट सुरक्षा दिइने



नेपालगन्ज । बाँके प्रशासनले बडादसैंका अर्कोदिन दुर्गा मुर्ती विसर्जनका लागि समयसिमा निर्धाण गरेको छ । जिल्लामा शान्ति सुरक्षा कायम राख्न भन्दै प्रशासनले मुर्ती विसर्जनको समयसिमा निर्धारण गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललले एक सूचना जारी गर्दै मुर्ती विसर्जन अघि दुर्गा भवानीको पूजा स्थलमा दिनको १२ः०० बजे अघि नै पूजन कार्य समापन गर्न आग्रह गरेका छन् । सूचनामा बिधिपूर्वक पूजाअर्चना सकेपश्चात स्थानीय प्रहरी ईकाईसंग समन्वय गरि विसर्जनस्थल तर्फ प्रस्थान गर्ने व्यवस्था गर्न भनिएको छ ।

प्रजिअ पोखरेलले जारी गरेको सूचनामा दुर्गा भवानीको मुर्ती विसर्जन र्‍याली अत्यन्तै मर्यादित , अनुशासित ,शान्त एवं शौम्य तुल्याउनु अनुरोध गर्दै सांझ ५ः०० बजे अघि नै मुर्ती विसर्जन कार्य सम्पन्न गर्न आग्रह गरिएको छ । समयसिमाले ट्राफिक ब्यवस्थापन तथा प्रभावकारी शान्ति सुरक्षा कायम गर्न र भक्तजनहरुलाई समेत उज्यालोमा नै घाटसम्म पुग्न र घर फर्कन सहज हुने उल्लेख गरिएको छ ।

प्रजिअ पोखरेलले साँझ ५ः०० बजे अघि नै मुर्ती बिसर्जन हुने बातावरण निर्माण गरिदिन सै दुर्गापूजा समिति तथा भक्तजनहरुलाई आग्रह गरेका छन् । प्रशासनले साविकदेखि नै प्रयोगमा आइरहेको र्‍याली मार्गमा भने कुनै परिवर्तन नगरिएको सूचनामा उल्लेख छ ।

बिसर्जन र्‍यालीमा घुसपैठ वा अवान्छित गतिबिधि निस्तेज पार्न र र्‍यालीलाई शान्त र सौहार्द्वपूर्ण वातावरणमा सम्पन्न गर्न ड्रोन र अन्य उपकरणबाट समेत निगरानी हुने तथा ताजा तस्विर क्याप्चर गरि अवलोकन गरिने पोखरे्लले जनाएका छन् ।

उनले कानून बिपरितका गतिबिधिमा संलग्न जो कोहीलाई ड्रोन, अन्य उपकरणबाट लिइएको तस्विर/भिडिओको आधारमा समेत प्रचलित कानून बमोजिम कडा कारवाही गरिने हुँदा र्‍यालीमा सहभागी सवै भक्तजनहरुले निस्चिन्त भइ मर्यादित ढंगबाट मुर्ती विसर्जन अनुष्ठान सम्पन्न गर्न अनुरोध समेत गरेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ९ : १८ बजे

मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले

चारदेशीय टी-२० सिरिज : फाइनलमा पुग्न आज हङकङको सामना गर्दै नेपाल

काठमाडौं । चारदेशीय टी-२० आई सिरिजको समूह चरणको अन्तिम खेलमा

आईपीएलमा धोनीको चेन्नइको पाँचौं हार, कलकता ८ विकेटले विजयी

काठमाडौं । महेन्द्र सिंह धोनी ६८३ दिनपछि कप्तानमा फर्किएको भए

पोखरामा आजदेखि फेवा महोत्सव सुरु हुँदै

कास्की । होटल सङ्घ पोखराले आजदेखि पोखरामा फेवा महोत्सव सञ्चालन

आजको मौसम : यी तीन प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं । हाल कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा