२५ चैत्र २०८१, सोमबार | April 8, 2025

गाउँघरमा युवा घटे, कोही छैनन् पिङ खेल्ने



भोजपुर । गाउँघरमा युवाशक्तिभन्दा बूढापाकामात्र हुन थालेपछि दशैँ-तिहारलगायतका चाडपर्वमा लगाइने पिङसमेत भोजपुरमा लोपोन्मुख बन्दै गएको छ । केही वर्ष अघिसम्म गाउँघरमा दशैँतिहार लागेको झल्को पिङबाट पाउने गरिन्थ्यो ।

दशैँतिहारको अवसर पारेर ग्रामीण भेगमा लिङ्गे पिङ हाल्ने संस्कृति केही वर्ष अगाडिसम्म कायमै थियो । तर अहिले भने गाउँघरमा युवापुस्ताको सङ्ख्या पनि कम हुनु र मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि पिङ लोप हुन थालेको भोजपुर नगरपालिकाका शिव भुजेलले बताए ।

“गाउँमा मात्र होइन विगत केही वर्ष अगाडिसम्म त सदरमुकाम आसपासमा समेत पिङ देख्न पाइन्थ्यो तर अहिले सो संस्कृति हराउँदै गएको छ”, स्थानीय बद्रीविक्रम बुढाथोकीले भने, “पुराना संस्कार तथा संस्कृतिहरू विस्तारै हराउँदो क्रममा छ । भोजपुरका बढी मात्रमा बाटिएको टोरी प्रयोग गरेर बासको लिङ्गा गाडेर लिङ्गे पिङ हाल्ने गरिन्थ्यो ।”

गाउँघरमा पिङ नभएपछि जमघट र भेटघाटसमेत कम हुने गरेको छ । विगतमा लगाइने पिङमा वृद्धा, युवादेखि बालबालिकासम्मको जमघट हुने गर्दथ्यो तर त्यस्तो रमाइलो गर्ने परम्परा हराउँदै गएको छ, स्थानीय युवा सञ्जीव कार्कीले भने ।

सामान्यतया लिङ्गे पिङ बाँसका लिङ्गा गाटेर बाबियोको डोरीको लठ्ठा बनाएर बनाउने गरिन्थ्यो । तर पुरानो संस्कृति र परम्परा जोगाउन अहिले गाउँघरमा बाबियोको डोरी बनाउने मानिसको समेत अभावले पिङको संस्कार हराउँदै गएको अर्का स्थानीय महेन्द्र खत्रीको धारणा रहेको छ । “विगतमा जस्तो गाउँघरमा डोरी बाट्ने मनिसको अभाव छ, अहिले नेपालमै रहेका युवाहरू दशैँ मनाउन केही दिन घरमा आउँछन्, उनीहरूले बाबियो खोजेर डोरी बनाउन पनि जान्दैनन्”, खत्रीले भने ।

सानै उमेरदेखि दशैँमा पिङ खेल्ने गरेको उल्लेख गर्दै पछिल्लो समयमा भने पिङ नै गाउँघरमा लगाउन छाडिएको छ । पहिले टोलटोलमा पिङ थाप्ने प्रतिस्पर्धा नै हुन्थ्यो तर अहिलेको पुस्तामा त्यसप्रति आकर्षण घटेको पाइन्छ । युवाहरूले आधुनिकताका नाममा संस्कृति छाड्दै गएको वृद्धहरूको भनाइ छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ५ : ४१ बजे

स्वाद-उत्सवको पहिलोदिन नेपालगन्जमा उत्साहजनक उपस्थिती

नेपालगन्ज । आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण

शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाउन बुटवल उप-महानगरपालिकाको आह्वान

बुटवल । शिक्षक महासंघद्वार आह्वान गरिएको आन्दोलनका कारण विद्यालयहरूको नतिजा

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका

मापदण्ड विपरीतका सवारी साधन रोकिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग