१४ आश्विन २०८१, सोमबार | September 30, 2024

इजरायलमा मृत्यु भएका नेपालीहरुको सम्मानमा आज राष्ट्रिय शोक, सार्वजनिक विदा छैन



काठमाडौं । सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ । पश्चिम एसियाको राष्ट्र इजरायलमा दिवङ्गत  १० जना नेपालीहरुप्रति सम्मान व्यक्त गर्दै सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको हो ।

सार्वजनिक बिदा नदिई राष्ट्रिय शोकको मात्रै घोषणा गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन । आज सबै सरकारी कार्यालय तथा विदेश स्थित कुटनीतिक नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने सरकारले निर्णय गरेको छ ।

सोमबार आकस्मिक रुपमा बसेको मन्त्रीपरिषद बैठकले इजरायलमा मारिएकाहरुका पीडित परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको थियो ।

पश्चिम एसियाली राष्ट्र इजरायलमा गत शनिवार प्यालेष्टाइनी अतिवादी समुह हमासले अचानक आक्रामण गरे पछि ‘पढने पनि कमाउने पनि’ कार्यक्रममार्फत इजरायल पुगेका १० जना नेपालीको हत्या भएको थियो । सोही हत्याको शोकमा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको हो ।

 

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ७ : ३० बजे

१६ महिनापछि पक्राउ परेका नगरप्रमुख नेपालीलाई अदालत पेस

बागलुङ । बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परेका ढोरपाटन

तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौँ । सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ

धादिङको मलेखुमा सुख्खा पहिरो: पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध

काठमाडौँ । पृथ्वी राजमार्ग पहिरोले पूर्णरुपमा अवरुद्ध भएको छ ।

दुर्गा प्रसाईविरुद्ध दुई वटा साइबर अपराधको मुद्दा दर्ता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा

दाउन्नेमा सडक भासियो, पूर्व-पश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध

नवलपरासी । पूर्व-पश्चिम राजमार्गअर्न्तगत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएको छ