२२ आश्विन २०८१, मंगलबार | October 8, 2024

हिमाली पदयात्रामा पर्यटक बढ्दै



रसुवा । हिमाली पदयात्राको लागि यहाँ पर्यटकको आगमन बढ्न थालेको छ ।

गोसाइँकुण्ड तथा लाङटाङलगायत तामाङ सम्पदा क्षेत्रको पदमार्गमा पर्यटकको आगमन बढेसँगै हिमाली भेकको रौनकता समेत बढेको हो । वर्षा घट्दै गएको, मौसममा क्रमशः सुधार आउदा पैदल यात्रा अत्यन्तै सहज भएको जनाइएको छ । उच्च भागबाट हिमालको अवलोकन गर्न सहज तथा अर्गानिक उत्पादनको भोजनका लागि यहाँ पर्यटक आउने गर्दछन् ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार हिमाली पदयात्राअन्तर्गत गत साउनदेखि यही असोज २० गतेसम्म १० हजार सात सय ७० जना आन्तरिक एवं बाह्य पर्यटकले लाङटाङ तथा पवित्र तीर्थ गोसाइँकुण्डको क्षेत्रको भ्रमण गरेका छन् ।

ती मध्ये सार्क राष्ट्रका ६२ जना, अमेरिका, अस्ट्रेलिया, जर्मनलगायत विभिन्न देशका एक हजार छ सय ५२ जना तथा नौ हजार ५६ जना आन्तरिक पर्यटक छन् । निकुञ्ज क्षेत्रको भ्रमण गर्ने पर्यटकबाट नियमानुसारको प्रवेश शुल्कबापत रु ४५ लाख आय भएको निकुञ्जका अभिलेखकर्ता रेञ्जर सुनिल राउतले जाकारी दिए ।

निकुञ्जले लठ्ठीका लागि बनस्पति नकाट्न, फोहर तोकिएको स्थानमा मात्र फ्याक्न, पैदल मार्गमा भेटिने वन्यजन्तुलाई नहिर्काउन र नलखेट्न पर्यटकलाई अनुरोध गरेको छ ।

पर्यटन होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलले गोसाइँकुण्ड तथा तामाङ सम्पदा र लाङटाङ आउने पर्यटकको खानेवस्ने व्यवस्थाको लागि होटलको सुदृढीकरण एवं खाद्यान्न भण्डारण समेत सम्पन्न भइसकेकाले निर्धक्क साथ यात्रा गर्न सबै पर्यटकलाई अनुरोध गरे ।

यस्तै चालु आवको गत साउनदेखि यही असोज २० सम्म लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रु एक करोड राजस्वसमेत आर्जन गरेको छ । पर्यटक शुल्कको साथै निकुञ्जमा सञ्चालित होटलको बक्यौता तथा गत आवमा हेलिकप्टर अवतरणसमेतका विविध स्रोतबाट राजस्व सङ्कलन भएको सहायक संरक्षण अधिकृत मिलन सापकोटाले जानकारी दिए ।

रसुवाको भ्रमणमा आउने पर्यटकलाई उकाली, ओराली, भञ्ज्याङ चौतारीजस्ता पैदलमार्ग, स्थानीय कृषिउपजबाट तयार गरिएको भोजन, तामाङ संस्कृतिको नाचगान, भेष वेशभूषा, सेताम्मे टल्किने लाङटाङ हिमालजस्ता प्रकृतिको सुन्दरताले मनमोहक बनाउँदछ । संघीय राजधानी काठमाडौँबाट रसुवा छोटो दूरीको मार्ग भएका कारण पर्यटक पहिलो भ्रमण रोजाइँ रसुवा पर्ने गरेको छ ।
रासस

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ९ : ३४ बजे

विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको शैलीमा सामान्य

खाद्य कम्पनीमा सस्तो र स्वस्थ खसीबोका तथा उपभोग्य सामग्री पाउँदा उपभोक्ता मख्ख

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत यस वर्ष बिक्री

राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही असोज २६ गते विजयादशमीका

बधशालामा पशु बध नगरेको भन्दै सुपा देउराली मासु पसललाई ५० हजार जरिवाना, साढे २६ केजी मासु जफत

बुटवल । बुटवल सुख्खानगरमा रहेको सुपा देउराली मासु पसललाई बुटवल

कोरियाले नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको सहायता प्रदान गर्ने

काठमाडौँ । गणतन्त्र कोरिया सरकारले हालैको भारी वर्षापछिको विपद्को पुनःनिर्माणका