१४ मंसिर २०८१, शुक्रबार | November 29, 2024

बुटवलमा सुरु भयो बुटवल उद्योग वाणिज्य संघको ७० औ साधारणसभा, निरास नबन्न महासंघ अध्यक्ष ढकालको आग्रह



बुटवल । बुटवल उद्योग वाणिज्य संघको ७० औ साधारणसभा तथा २५ औ अधिवेशन आजबाट बुटवलमा सुरु भएको छ । बुटवल अन्तराष्ट्रिय केन्द्रमा आयोजना गरिएको साधारणसभाको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उदघाटन गरे । उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले निराशालाई आशामा बदल्न उद्योगी व्यवसायीलाई आग्रह गरे । उनले मुलुकको खस्किदो अर्थतन्त्रका कारण पछिल्लो समय उद्योगी व्यवसायीमा निराशा उत्पन्न भएको बताउँदै नेपालमा देश भित्रै देखिएका सम्भावनालाई अवसरमा बलल्न आग्रह गरे ।

उनले कालीगण्डकी कोरिडोरले कोरोला नाका पुगेमा यस क्षेत्रको मात्र नभई समग्र देशको अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरे ।
उनले आफ्नै नेतृत्वमा ट्रंक लाईन समस्या समाधानको पहल भईरहेको जानकारी दिँदै बजारमा देखिएको मन्दी नेपालमा मात्रै नभएर विश्वकै समस्या भएको बताए । आर्थिक अवस्था विस्तारै लयमा फर्किने उनले विश्वास व्यक्त गरे ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले मोतिपुर औद्योगिक क्षेत्र निर्माणको कामलाई अगाडि बढाउन सके २ सय उद्योग स्थापना गर्न सकिने बताए । उनले मोतिपुर औद्योगिक क्षेत्रको निर्माण हुन सकेऔद्योगिक विकासको राम्रो सन्देश प्रवाह गर्न सकिने पनि स्पष्ट पारे । उनले बुटवल क्षेत्रलाई पर्यटनको गन्तव्य बनाउनको लागि ऐतिहासिक बटौली बजारलाई चलायमान बनाउन आवश्यक रहेको बताउँदै त्सका लागि निजी क्षेत्रको साथ चाहिएको बताए ।

कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले व्यवसायिक वातावरण विग्रिदै गएको औंल्याउदै व्यवसायिक वातावरण बनाईदिन तीनै तहका सरकारसंग आग्रह गरे । उनले मुलुकको खस्किदो अर्थतन्त्र र विग्रिदै गएको व्यवसायिक वातावरण सुधार गर्न सकिएन भने मुलुकै अर्थतन्त्र थप जोखिममा पर्ने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याल, नेपाल उद्योग महासंघ एशोसियट उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल उद्योग महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णकुमार शर्मा, नेपाल उद्योग महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधान, नेपाल उद्योग महासंघका कार्यकारिणी सदस्य राजेश अग्रवाल, नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेललगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको धन्यवाद तथा महासचिव विमलराज भट्टराईको सञ्चालनमा भएको थियो ।

पुराना व्यवसायी गौचन सहित उत्कृष्ट उद्योगी व्यवसायीलाई सम्मान

साधारणसभाको अवसरमा बुटवलका पुराना व्यवसायी चित्रमान गौचन सहित उत्कृष्ट उद्योगी यज्ञश्वर थैव, केशव ढकाल र महिला उद्यमी सुनिता अर्याललाई सम्मान गरिएको थियो । उनीहरुलाई महासंघका अध्यक्ष चन्द्र ढकालले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । त्यसै अवसरमा संघका पूर्वअध्यक्ष, सल्लाहका तथा कार्यसमिति पदाधिकारी सदस्यहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा संघले प्रकाशन गरेको ‘हाम्रो बुटवल’ स्मारिका विमोचन गरिएको थियो ।

पत्रकार पौडेल पुरस्कृत
बुटवल उद्योग वाणिज्य संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कार पत्रकार सञ्जु पौडेललाई प्रदान गरिएको छ । संघले प्रत्येक अधिवेशन सहितको साधारण सभामा यो पुरस्कार प्रदान गर्दै आएको छ । कान्तिपुरकर्मी पौडेललाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त पुरस्कार प्रदान गरे । यो पुरस्कारको राशी २५ हजार रुपैंया रहेको छ । त्यस्तै सञ्चार माध्यम तर्फ दैनिक लुम्बिनीलाई सम्मान गरिएको छ ।

आजबाट सुरु भएको साधारणसभाले २२ गते नयाँ कार्यसमिति निर्वाचित गर्दै सम्पन्न हुने छ । तीन वर्षे नयाँ कार्यकालका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष दिनेश प्रसाद श्रेष्ठ र पूर्व वाणिज्य उपाध्यक्ष हरि अर्यालले प्यानल सहित प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ९ : ४१ बजे

बुटवलका मुख्य तीन चोकमा ट्राफिक लाइट जडान हुने

बुटवल । बुटवलका मुख्य तीन चोकमा ट्राफिक लाइट जडान गर्ने

‘एनपीएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा

गण्डकी । स्टार्टअप व्यवसायमा सक्रिय युवा निशान सापकोटा नेपाल प्रिमियर

यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

जोमसोमको सहायक गन्तव्य क्षमाताल

म्याग्दी । चारैतिर सल्लाको वनको बीचमा रहेको ठाउँमा गोलाकार र

स्थानीय तह उपनिर्वाचन : मौन अवधि सुरु, के गर्न पाइँदैन

काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको