११ आश्विन २०८१, शुक्रबार | September 28, 2024

चिकित्सकको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको उपचारमा सक्रिय स्वास्थ्यकर्मीको पेसागत सुरक्षा, हित र वृत्तिविकासमा सरकार सचेत र गम्भीर रहेको बताएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको चौँथो दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै उनले बिरामीको उपचारमा क्रियाशील स्वास्थ्यकर्मीमाथि भइरहेका शृङ्खलाबद्ध आक्रमणलाई आफूले गम्भीर रूपमा लिएको बताए ।

“यसबारे सरकारले स्वास्थ्यकर्मीसँग संवाद गरी आवश्यक कानुनी प्रबन्ध गर्ने सहमति र सोअनुरूपको गृहकार्य गरिसकेको छ”, उनले भने, “स्वास्थ्यजस्तो अतिसंवेदनशील क्षेत्रमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ छ ।”

प्रधानमन्त्री प्रचण्डले पूर्ण भरोसा र आत्मविश्वासका साथ बिरामीको उपचारमा सक्रिय रहन चिकित्सकलाई आह्वान गरे । उनले नेपाल सरकार स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्न, उत्पादित जनशक्तिको रोजगारीको सुनिश्चितता, पेसागत हित र आधारभूत स्वास्थ्य सेवाको नागरिक हकप्रति प्रतिवद्ध रहेको स्पष्ट पारे ।

हरेक लोकतान्त्रिक देश र प्रणालीमा राज्य नागरिकको वास्तविक अभिभावक र संरक्षक रहेको उल्लेख गर्दै उनले राज्यका सम्पूर्ण अङ्गले नियन्त्रणमुखी नभई प्रवद्र्धनमुखी र सेवामुखी भएर काम गर्न जरूरी रहेको बताए । “राजनीति र जीवन व्यवहार नागरिकको स्वार्थ र हितमा समर्पित गरेर मात्र हामीले लोकतान्त्रिक राज्यको औचित्य पुष्टि गर्न सक्छौँ”, उनले भने, “गरिब, बिपन्न, असहाय एवं उपेक्षित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको अधिकार र अवसरका निम्ति राज्यको जिम्मेवारीमा रहेका सबैले कुशलतापूर्वक आफ्नो भूमिका पूरा गर्नुपर्दछ ।”

प्रधानमन्त्री प्रचण्डले चिकित्सा विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी दक्ष जनशक्ति उत्पादन एवं आम नागरिकलाई सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको स्थापना गरिएको बताए ।

“वीर अस्पताल नेपालको सबैभन्दा पुरानो तथा ठूलो अस्पतालमध्येको एक हो, राष्ट्रिय ट्रमा सेन्ट्रर र नर्सिङ क्याम्पस तथा प्रतिष्ठानको उपत्यका र बाहिरका अस्पतालमा समेत विस्तारित रूपमा उच्चस्तरका अध्यापन हुनुले स्वास्थ्य सेवामा गुणात्मक र सङ्ख्यात्मक रूपमा फड्को मार्नेछ”, उनले भने ।

प्रतिष्ठानका कुलपति प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रमा नेपालकै पुरानो र भरपर्दो तथा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)लाई अझै विस्तार र सुविधासम्पन्न बनाउन सरकारले थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नर्सिङ सेवासँग सम्बन्धित जटिलताहरू सम्बोधन गर्न सरकारले आवश्यक पहल लिने विश्वाससमेत दिलाए।

नेपालको संविधानले स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा परिभाषित गर्दै जनताको निःशुल्क स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले गरिब र बिपन्नका लागि सबैखाले अस्पतालले १० प्रतिशत निःशुःल्क शय्या तथा सङ्घीय अस्पताल र चिकित्सा विज्ञान प्रतिष्ठानमा तीन हजार पाँच सय २३ शय्या निःशुल्क गरिएको जानकारी दिए। संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी हकको कार्यान्वयनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान जस्ता सरकारी संरचनाको भूमिका सबैभन्दा महत्वपूर्ण रहेको उनको भनाइ छ ।

दीक्षित विद्यार्थीले आर्जन गरेको ज्ञान, सीप र दक्षताले देशको स्वास्थ्य क्षेत्रमा गुणात्मक प्रगति हासिल गर्नका निम्ति महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै उनले दीक्षित दक्ष र ऊर्जाशील प्राविधिक जनशक्तिबाट देशको दूरदराजसम्मका जनताले सहज र स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने बताए । कार्यक्रममा सुविधासम्पन्न, पुरानो र स्तरीय जनशक्तिको प्रत्यक्ष सुपरीवेक्षणमा रहेर सैद्घान्तिक र व्यवहारिक ज्ञान प्राप्त गरेका स्नातकोत्तर र स्नातक तहका पाँच सय ४१ जनालाई दीक्षित गरिएको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ५ : ०८ बजे

अबिरल वर्षासंगै आएको पहिरोको बुटवल-पाल्पा सडक अवरुद्ध

बुटवल । अबिरल वर्षासंगै आएको पहिरोको सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-पाल्पा

लुम्बिनी बौद्ध विश्वविद्यालयमा चिनिया भाषा टेष्ट सेन्टर , मुख्यमन्त्रीद्धारा उद्घाटन

लुम्बिनी । लुम्बिनी बौद्ध विश्व विद्यालयमा चिनिया भाषा प्रशिक्षण तथा

श्रीलंकन पूर्व राष्ट्रपति गोटावायलाई लुम्बिनीमा स्वागत

लुम्बिनी । श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाया राजापाक्षलाई लुम्बिनी विकास कोषले

एमाले नेतृ बराल भन्छिन्- प्रविधिको दुरुपयोग गरेर चरित्र हत्या गरियो, कानुनी निष्कर्षको प्रतिक्षामा छु

काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रविधिको दुरुपयोग गरेर

मौसम प्रतिकूल भएपछि भोलि बिहानसम्मका सबै आन्तरिक उडान स्थगित

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसममा आएको खराबीका