१३ चैत्र २०८१, बुधबार | March 26, 2025

बुटवलको बजारमा पसल पिच्छे फरक मूल्य, एक किलो जिरामा ब्यापारीले खाए ६ सय नाफा



बुटवल । बुटवलको बजारमा ब्यापारीले एक किलो जिरामा ६ सय बढी नाफा लिने गरेको फेला परेको छ । बुटवल उपमहानगरपालिकाले आज गरेको बजार अनुगमनमा एक किलो जिरामा ६ सय बढी नाफा असुल्ने देखि पसल पिच्छे फरक मूल्यमा बेच्ने गरेको फेला परेको हो ।

बजारमा अखाद्य बस्तु विक्रि भएको, महंगो मुल्यमा व्यापारीले बस्तुको विक्रि गरेको गुनासो समेत बढिरहेका बेला बुटवल उपमहानगरपालिकाले अनुगमन गर्दा बजारको अवस्था त्यस्तो फेला परेको हो ।

आईतबार बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालको संयोजकत्वमा खाद्यान्य पसल अनुगमन गरिएको छ । बढी नाफाखोरी सहित फरक मूल्य र लेवल विनाका सामानहरु विक्रि गरिएको भेटिएको अनुगमन टोलीले जानकारी दिएको छ ।

अनुगमनका क्रममा थोक विक्रेताबाट भ्याट सहित ७१२ रुपैयां प्रतिकेजी खरिद भएको जिरा खुद्रा व्यापारीले प्रतिकेजी १ हजार ३ सय रुपैयां सम्म विक्रि गर्ने गरेको भेटिएको थियो ।

पवन किराना पसलले जिराको थोक विक्रि गर्दा प्रतिकेजी ७१२ रुपैयां परेपनि विष्णु किराना पसल सहितका खाद्यान्य पसलमा प्रतिकेजी १ हजार २ सय देखि १ हजार ३ सय रुपैयांमा विक्रि हुने गरेको भेटिएको अनुगमन टोलीकी संयोजक नगर उपप्रमुख अर्यालले बताइन् ।

अनुगमन टोलीले बढि मुल्य विक्रि गर्नेलाई कारवाही नगरि मुल्य समायोजन गरेर विक्रि गर्न आग्रह गरेर हिँडेको थियो ।

त्यस्तै बजारमा चिनीको मुल्यमा पनि एकरुपता नभएको भेटिएको छ । खाद्यान्य पसल अनुसार प्रतिकेजी चिनीको मुल्य ११० देखि १२० रुपैयां सम्म पर्ने गरेको अनुगमनमा भेटिएको थियो ।

त्यस्तै दैनिक उपभोग्य बस्तुको मुल्यमा एकरुपता समेत नदेखिएको अउपप्रमुख अर्यालले बताईन ।

अनुगमनका क्रममा चाडपर्वमा बढि विक्रि हुने जिरा, धनिया, चिनीको मुल्य एकरुपता समेत नदेखिएको उनले बताईन ।

 

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ११ : ०७ बजे

समाजवादी मोर्चाको बैठक अपरान्ह ४ बजे

काठमाडौँ । चैत्र १५ गतेका लागि बिरोध प्रदर्शनको तयारीमा जुटेको

इटहरी सेन्टर प्लाजा आगलागी अपडेट : ११ जनाको उद्धार

इटहरी । इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागीमा

भूमिसम्बन्धी अध्यादेश फिर्ता लिन सत्तारुढ दलहरूमा सहमति

काठमाडौं । सरकारले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिने भएको छ ।

काभ्रे जिसस प्रमुख पक्राउ

काठमाडौं । जिल्ला समन्वय समिति (जिसस) काभ्रेका प्रमुख दिपककुमार गौतम

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो

इटहरी । इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक भवनमा