८ पुस २०८१, सोमबार | December 23, 2024

बाढीले जीप बगाउँदा पर्वतमा तीन यात्रु बेपत्ता



पर्वत । पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले पोखरा–बागलुङ सडकमा गुडिरहेको जीप बगाउँदा तीन यात्रु बेपत्ता भएका छन् ।

बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२१३ नम्बरको जीप साँझ ६ः३० बजेतिर बाढीले बगाउँदा तीन पुरुषसहित गाडीसमेत बेपत्ता भएको हो । चार जना सवार उक्त जीपमा ड्राइभर भने हामफालेर बाँच्न सफल भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी प्रमुख खुमलाल भुसालका अनुसार जीप र हराइरहेका यात्रुको खोजी कार्य भइरहेको छ ।

घटनास्थलमा बाढीले जीपलाई पुरेको र अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खनेर गाडी निकाल्ने प्रयास भइरहेको डीएसपी भुसालले बताए । प्रहरीका अनुसार गाडीका केही पार्टपुर्जा र १ जनाको शव फेला परेको छ भने अन्यको खोजीकार्य सुरु गरिएको छ । शनिबार साँझ परेको भीषण वर्षाका कारण उक्त खोलामा बाढी आएको हो । सडकमा पुल नभई कजवे पार गर्ने क्रममा जीप बगाएको हो ।

गाडीमा पोखराको एक ब्यवसायिक प्रतिस्थानमा काम गर्ने कास्कीका एक जना, रुपन्देहीका एक जना र ठेगाना नखुलेको अर्का एकजना सवार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ८ : १९ बजे

परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कंदै

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको नयाँ दिल्लीस्थित

तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो

तेह्रथुम । तमोर नदीस्थित तेह्रथुम–पाँचथर जोड्ने लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण

रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीको अदालतमा बयान सुरु हुँदै

गण्डकी । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं

रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु

रसुवा । उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले परीक्षण उत्पादन

एनपीएलले उघारेको सपना

काठमाडौं । देशको खेल इतिहासमै पहिलोपटक भएको नेपाल क्रिकेट लिग