११ आश्विन २०८१, शुक्रबार | September 28, 2024

स्वास्थ्य क्षेत्रका बेथिति नियन्त्रण गर्छु : मन्त्री बस्नेत



चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका बेथिति नियन्त्रण गर्ने बताएका छन । उन्नाइसौँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस तथा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २४ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले जनताको आक्रोश र गुनासो आएको भन्दै यसलाई नियन्त्रण गर्दै जाने बताए ।

उनले भने, “नेपालका चिकित्सकसँग पढ्न विदेशी चिकित्सक आउने । नेपालका नेताहरु उपचारका लागि विदेशिने ?” अहिले सरकारले विशिष्ट व्यक्तिको उपचारका लागि विदेश पठाउने नीति बन्द गरेको बताउँदै उनले भने, “स्वास्थ्य क्षेत्रको बेथिति नियन्त्रणका लागि मन्त्रालयले काम गरिरहेको छ ।” स्वास्थ्य क्षेत्रमा जनताको आक्रोश रहेकाले सबै मिलेर यसलाई सुधार गर्दै लैजानुपर्ने उनको भनाइ थियो ।

उपचारको अभावमा कोही नेपाली मर्नु नपर्ने गरी सरकारले काम गरेको उनले बताए । मन्त्री बस्नेतले उपचारका लागि खर्च अभावमा कसैले पनि ज्यान गुमाउनु नपर्ने गरी काम भइरहेको बताए । शिक्षा र स्वास्थ्य नैसर्गिक अधिकार भएको भन्दै उनले संविधानमा लेखिएको कुरा निःशुल्क गर्दै जाने बताए ।

उनले भने, “विद्यार्थीले शुल्क तिर्न नसकेर आत्महत्या गर्नुपर्ने र बिरामीले उपचार गर्न नसकेर अस्पतालको छतबाट हाम फाल्नुपर्ने अवस्था अन्त्य गर्न सरकार लागेको छ ।” गरिब विपन्नले औषधि उपचार नपाएर मर्नुपर्ने बाध्यता नहुने उनको भनाइ थियो ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्न सरकारले सहयोग गर्ने उनको भनाइ थियो । उनले भने, “तपाईंहरु अस्पताललाई उत्कृष्ट बनाउनुस् । विस्तारको काममा सरकारले सहयोग गर्छ ।” बजेट अभाव भयो भनेर पछि हट्ने काम गर्न नहुने उनको भनाइ थियो । सरकाले अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी थप गर्न प्रक्रिया सुरु गर्ने भन्दै उनले अहिले गाउँगाउँमा चिकित्सक पु¥याउने अभियान चलाइएको जानकारी दिए ।

सो अवसरमा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले स्वास्थ्य क्षेत्रमा सुधारका लागि सबै क्षेत्र गम्भीर भएर लाग्नुपर्ने बताए । अस्पतालमा सुशासन, पारदर्शीता र जवाफदेहिता हुनसके जनगुनासो कम हुँदै जाने उनले बताए ।

“पछिल्ला समय राज्यप्रति वितृष्णा जगाउन चिकित्सकमाथि आक्रमण हुने गरेको छ”, उनले थने, “छिटपुट घटनाले स्वास्थ्य संस्थामा अराजकता बढ्न थाल्यो । आन्दोलनको स्वरुप परिवर्तन गर्नुस् ।” भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अस्पतालबाट दिइने सेवालाई अझै व्यवस्थित गर्दै अघि बढ्नुपर्ने बताए । सेवा विस्तारका लागि सङ्घीय सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रमका अवसरमा निवृत्त कर्मचारीलाई सम्मान गरिएको थियो भने अस्पतालका चिकित्सक कर्मचारीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन् । दिवसकै अवसरमा आज बिहान भरतपुरको चौबीसकोठीदेखि अस्पताल प्राङ्गणसम्म म्याराथुन दौड आयोजना गरिएको थियो ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ५ : ३४ बजे

अबिरल वर्षासंगै आएको पहिरोको बुटवल-पाल्पा सडक अवरुद्ध

बुटवल । अबिरल वर्षासंगै आएको पहिरोको सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-पाल्पा

लुम्बिनी बौद्ध विश्वविद्यालयमा चिनिया भाषा टेष्ट सेन्टर , मुख्यमन्त्रीद्धारा उद्घाटन

लुम्बिनी । लुम्बिनी बौद्ध विश्व विद्यालयमा चिनिया भाषा प्रशिक्षण तथा

श्रीलंकन पूर्व राष्ट्रपति गोटावायलाई लुम्बिनीमा स्वागत

लुम्बिनी । श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाया राजापाक्षलाई लुम्बिनी विकास कोषले

एमाले नेतृ बराल भन्छिन्- प्रविधिको दुरुपयोग गरेर चरित्र हत्या गरियो, कानुनी निष्कर्षको प्रतिक्षामा छु

काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रविधिको दुरुपयोग गरेर

मौसम प्रतिकूल भएपछि भोलि बिहानसम्मका सबै आन्तरिक उडान स्थगित

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसममा आएको खराबीका