१० पुस २०८१, बुधबार | December 25, 2024

चीनसँग भएका सहमति र सम्झौता देश हितमा छन् : कार्यवाहक प्रधानमन्त्री

'सङ्घीयता कार्यान्वयनमा सरकार प्रतिबद्ध छ'



कर्णाली । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीयता कार्यान्वयनमा सरकार दृढ रहेको बताएका छन् ।

आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा कानुन बनाउन ढिलाइ हुँदा नागरिकले सङ्घीयताको अनुभूती गर्न नपाएको भन्दै सङ्घीयता कार्यान्वयनका लागि सरकारले काम गरिरहेको बताए । उनले सङ्घीय शिक्षा ऐन संसदमा टेबुल भइसकेको उल्लेख गर्दै सम्बन्धित मन्त्रालयले निजामति र प्रहरीसम्बन्धी विधेयक संसदमा दर्ता गर्ने तयारी गरिरहेको बताए ।

कार्यवाहक प्रधानमन्त्री खड्काले सुशासन, विकास निर्माण र देशको समृद्धिका लागि सरकारले देखिने गरी काम गरिरहेको बताए । उनले केही दिनभित्रै सुशासनसम्बन्धी कार्यक्रम घोषणा गर्न लागिएको पनि जानकारी दिए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठन्धन दलको सहमतिमै चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मा कार्यान्वयनका लागि सहमति जनाएको बताए । “चीनसँग भएका सहमति र सम्झौता देश हितमा छन्”, उनले भने, “गठबन्धनकै सहमतिमै प्रधानमन्त्रीले सम्झौता गर्नुभएको हो ।”

खड्काले विकास–निर्माणका सन्दर्भमा देखिएका कानुनी अड्चन हटाउन केही नेपाल ऐन संशोधनको प्रक्रिया अघि बढेको बताए। “सडकलगायतका पूर्वाधार बनाउन बनको जग्गा उपभोगमा ठूलो समस्या देखिएको छ”, उनले भने, “त्यसलाई हटाउनका लागि केही नेपाल ऐन संशोधनलाई संशोधन गर्ने प्रक्रिया अघि बढाएका छौं ।”

रक्षामन्त्री खड्काले सुर्खेत विमानस्थल विस्तारमा सबैको साथ र सहयोग हुन आवश्यक रहेको बताए । प्रभावित क्षेत्रका जनतालाई साथमा लिएर विमानस्थल विस्तार गर्नुपर्ने उनको भनाइ छ ।

“अहिलेको विमानस्थल बढीमा चार सय मिटर विस्तार गर्न मिल्छ, भविष्यका लागि यो विमानस्थलले भार थेग्न सक्दैन”, उनले भने, “अहिलेलाई सुर्खेत विमानस्थल विस्तार गर्दै रामघाटमा भविष्यका लागि ठूलो विमानस्थल आवश्यक छ ।”

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  १ : २१ बजे

चिसो मौसममा ‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त

काठमाडौं । के तपाईंको एकाबिहानै ‘वाक’ गर्ने बानी छ ।

लुम्बिनी कप महिला फुटवल फागुन १९ गते देखि

नेपालगन्ज । लुम्बिनी कप महिला फुटवल आगामी फागुन १९ गतेदेखि

सत्तारुढ गठबन्धनको कार्यदलको बैठक सम्पन्न, संविधान संशोधनको एजेन्डा अघि सारिने

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको सरकार सञ्चालन

हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर

सिमकोट । हिमाली जिल्ला हुम्लामा पुनः दोस्रो पटक हिमपात हुँदा

मौसम बदली : बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने

काठमाडौं । नेपालमा आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसम