४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजाआजा



जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाआजा एवं दर्शन गरेका छन् । सोही अवसरमा उनले जानकी मन्दिरमा अखण्ड दीप प्रज्ज्वलन गर्नुका साथै सीता माताको माइतीघर दर्शन, अखण्ड कीर्तन दर्शन एवं प्रसाद ग्रहण गरे ।

राष्ट्रपतिलाई जानकी मन्दिरमा मूल महन्त रामतपेश्वर दासले स्वागत गरेका थिए । राष्ट्रपति पौडेललाई जनकपुर विमानस्थलमा मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, सङ्घीय सांसद, नगरप्रमुख तथा सुरक्षा निकायका प्रमुखले स्वागत गरेका थिए ।

राष्ट्रपति पौडेलले जनकपुरधाममा निर्माण भएको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलको आज दिउँसो समुद्घाटन कार्यक्रम रहेको छ । सोही सभाहलमा जनकपुरधाम उपमहानगरपालिकाका तर्फबाट आयोजना गरिने नागरिक अभिनन्दन उनले ग्रहण गर्नेछन् ।

राष्ट्रपति पौडेललाई विशेष सम्मानसहित नागरिक अभिनन्दन गर्न लागिएको जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले जानकारी दिए ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ११ : १५ बजे

शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day