बुटवल । ईस्लाम धर्मावलम्बीहरुको पैगम्बर हजरत मुहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे वसल्लमको १४९८ औं जन्मोत्सव उपलक्ष्यमा बुटवलको रजा-ए-मुस्तफा जामे मस्जिद समिति परिवारले सप्ताहव्यापी रुपमा मनाउने भएको छ । समितीले जस्मे ईद मिलादुननबीसहित विभिन्न कार्यक्रम सप्ताहव्यापी गर्ने भएको हो ।
सप्ताहव्यापी कार्यक्रम अन्तरगत पहिलो दिन सोमबार संस्थाको सभाहलमा ईस्लामिक अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको अध्यक्ष मुहम्मद इस्काइलले जानकारी दिए । कार्यक्रमबारे जानकारी गराउन आइतबार आयोजित पत्रकार सम्मेलनमा बोलदै उनले सामाजिक कार्यमा समेत सरिक भएर यश वर्षको पर्व मनाउन लागिएको उल्लेख गरे ।
सोही अनुसार असोज बुधबार बुटवल-११ देविनगरमा अवस्थित नेपाल अपाङ्ग आश्रममा खाद्यान्न वितरण गरिने वरिष्ठ उपाध्यक्ष हाजी अब्दूल सहमतले जानकारी दिए । यसैगरि सोही दिन साँझ ७:३० देखि १० बजेसम्म मिलादुननबी कार्यक्रम आयोजना गरिएको छ ।
असोज ११ गते विहिबार विहान बुटवल बजार परिक्रमा ‘र्याली’ कार्यक्रम तय गरिएको सचिव जनूर दिन वारसीले जानकारी दिए । ‘यौमे बिलादत’लाई हर्सोउल्लासका साथ मनाउदै मनाउनका लागि सम्पूर्ण तयारी पूरा भएको समितीले जनाएको छ । सप्ताहव्यापी कार्यक्रममा समिति अन्तरगत रहेका ५ हजार बढी मुस्लिम समुदायहरु सहभागी हुने बताएको छ ।
प्रतिक्रिया