२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

शाइन रेसुङ्गा बैंकले घडेरी किन्न एक करोडसम्म कर्जा दिने



बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले घर बनाउने सपना सांचेका सबैलाई घडेरी किन्न कर्जा दिने गरी ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट लन्च गरेको छ । हरेक व्यक्तिको आफ्नै घर बनाउने सपना हुने तरसबैको घडेरी नहुने तथ्यलाई मध्यनजर गरेर बैंकले घडेरी कर्जा ल्याएको बैंकले जनाएको छ ।

घर बनाउने सपना साँचेका सबैलाई घडेरी किन्न कर्जा दिने गरी असोज १ गते लन्च भएको ‘शाइन घडेरी कर्जा’ योजनामा बैंकले एकजनालाई अधिकतम एक करोडसम्म कर्जा दिने भएको छ ।

२० वर्षे अवधिको यो कर्जाको ब्याजदर बेस रेटमा २ प्रतिशत रिस्क प्रिमियम जोडेर लिइने बैंकले जनाएको छ । कर्जा चुक्ता नहुन्जेलसम्म रिस्क प्रिमियममा कुनै परिवर्तन नहुने र खरिद गरेको घडेरीमा घर निर्माण गर्दा बैंकले थप कर्जा उपलब्ध गराउनेबैंकका कर्जा प्रमुख किरण नेपालले बताए ।

सरकारी र गैरसरकारी कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली,उद्योगी, व्यवसायी र नियमित आम्दानी भएका कुनै पनी पेशासंग सम्बन्धित व्यक्तिहरुलाई लक्षित गरेर ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट ल्याएको कर्जा प्रमुख नेपालले बताए ।

उक्त थप कर्जाको रिस्क प्रिमियम समेत २ प्रतिशतमात्र हुने नेपालले बताए । यो योजनालाई बैंकले घर बनाउने सपना पूरा गराउने पहिलो पाइला भनेको छ ।

यो कर्जा प्राप्त गर्न थप अचल सम्पति धितो नचाहिने र कर्जा प्राप्तिपछि किनेको घडेरी नै धितो राख्न मिल्ने नेपालले बताए । ‘धेरैजसो बैंकहरुले घर कर्जामामात्र फोकस गरेको सन्दर्भमा हामीले घर बनाउन आफ्नो घडेरी हुनुपर्ने पहिलो शर्तलाई मध्यनजर गरेर ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट ल्याएका हौं’- कर्जा प्रमुख नेपालले भने- ‘नेपाल सरकारले समेत जग्गाको कित्ताकाट खुला गरेको अवस्थामा यो कर्जा योजनाले धेरै नेपालीले घडेरी किन्न सक्ने र यसले अर्थतन्त्रलाई थप चलायमान बनाउन कोशेढुंगा सावित हुने विश्वास बैंकले लिएको छ ।’

यो कर्जामा रिस्क प्रिमियम न्युन दरमा रहेको र घडेरी किनेपछि घर बनाउन पनि बैंकले कर्जा दिने भएकाले पनि यो कर्जा सबैका लागि बरदान सावित हुने बैंकको विश्वास छ ।

कर्जा योजना सार्वजनिक भएको तीन दिनमै देशभरका शाखाहरुमा कर्जा लिन चाहनेहरुबाट धेरै राम्रो रेस्पोन्स आएको कर्जा प्रमुख नेपालले बताए । २०६५ साल फागुन ११ गते स्थापना भएको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लुम्बिनी प्रदेशमा केन्द्रिय कार्यालय रहेको एकमात्र राष्ट्रियस्तरको विकास बैंक हो ।

बैंकको पांच वटा प्रदेशका २० जिल्लामा ८८ वटा शाखा सञ्चालनमा रहेका छन् । बैंकले गत वर्ष बेस्ट म्यानेज्ड डेभलपमेण्ट बैंकको उपाधि जितेको थियो भने हालसालै इमर्जिङ एशिया डेभलपमेण्ट बैंकको उपाधि जितेको छ ।

बैंकले स्थापनाकालदेखि नै इथिकल बैकिङको अभ्यास र आर्थिक सुशासन कायम गर्दै अघि बढेकाले विकास बैंकहरुमा अग्रणी र सेवाग्राहीको रोजाईको बैंक बन्न सफल भएको प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ७ : ५७ बजे

स्वास्थ्य मन्त्रालयद्वारा निःशुल्क प्राप्त हुने सेवासम्बन्धी विवरण सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त

नेपालमा राजतन्त्रको सम्भावना छैन : प्रकाशशरण महत

धनुषा । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपालमा राजतन्त्रको

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद

काठमाडौं । काठमाडौंको तीनकुने घटनामा मुछिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि

दीपमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

बुटवल । बुटवल-८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुलले उत्कृष्ट