२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँट, १० जनाले पाए २१ कित्ता सेयर



काठमाडौ। हाथवे इन्भेष्टमेन्ट नेपालको आईपीओ आज मंगलबार (असोज २ गते) बाँडफाँट भएको छ ।

यसमा गोलाप्रथामार्फत १ लाख २१ हजार ३८७ जना सर्वसाधारण आवेदकहरुले २० कित्ताका दरले सेयर पाएका छन् । यसरी बाँडफाँट गरेपछि बाँकी रहेको १० कित्ता सेयर भने २० कित्ताभन्दा बढी आवेदन दिएकामध्ये १० जनालाई १ कित्ताका दरले थप गरिएको छ ।

यसआधारमा, १० जनाले २१ कित्ता र १ लाख २१ हजार ३७७ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । यो आईपीओमा कुल १२ लाख ७० हजार ९९१ जनाले आवेदन दिएकामा १ लाख २१ हजार ३८७ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी गराएको छ ।

योग्य १२ लाख ६७ हजार हजार ७०९ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । यस कम्पनीले भदौ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि २४ लाख २७ हजार ७५० कित्ता आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले आइपीओ बिक्री गरेको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् । साथै, हाथवे इन्भेष्टमेन्टको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ११ : ११ बजे

ट्रम्पले ५०५ थप भन्सार महसुलको चेतावनी दिएपछि ‘अन्त्यसम्म लड्ने’ चीनको प्रतिज्ञा

बेइजिङ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको ५० प्रतिशत थप भन्सार

नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ

अछाम । जिल्लाको कमलबजार नगरपालिका–५ स्थित पाँचुल्ली चैतेपातल सामुदायिक वन

समान्य घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ

कबाडको अवैध निकासीले उद्योगमा कच्चा पदार्थको अभाव

नेपालगन्ज । नेपालमा सङ्कलित कवाडजन्य वस्तु अवैध रूपमा भारत निकासी

ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै

ताप्लेजुङ । हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ