२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

मध्य सोलु हाइड्रोपावरको आइपीओ आजबाट



काठमाडौ। मध्य सोलु हाइड्रोपावरको आज शुक्रबार भदौ २९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गरेको हो । तर सर्वसाधारणलाई छुट्याइएको ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा गएका नेपालीलाई ७४ हजार ८४० कित्ता सेयर बाँडफाँट गरिसकेको छ ।

यस्तै, कम्पनीका कर्मचारीलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्रीमा लाइएको हो । यस आइपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्म सबै सेयर बिक्री नभएमा भने असोज १२ गतेसम्म खुला रहनेछ ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी गराएको छ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत आवेदन दिन सकिनेछ ।

रेटिङ एजेन्सी इक्र नेपालले यो आइपीओलाई ‘इक्रा एनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । इक्रा नेपालले २०८० असार ३१ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८१ असार २९ गतेसम्म बाहल रहनेछ ।

प्रकाशित मिति : २९ भदौ २०८०, शुक्रबार  ९ : ५६ बजे

ट्रम्पले ५०५ थप भन्सार महसुलको चेतावनी दिएपछि ‘अन्त्यसम्म लड्ने’ चीनको प्रतिज्ञा

बेइजिङ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको ५० प्रतिशत थप भन्सार

नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ

अछाम । जिल्लाको कमलबजार नगरपालिका–५ स्थित पाँचुल्ली चैतेपातल सामुदायिक वन

समान्य घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ

कबाडको अवैध निकासीले उद्योगमा कच्चा पदार्थको अभाव

नेपालगन्ज । नेपालमा सङ्कलित कवाडजन्य वस्तु अवैध रूपमा भारत निकासी

ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै

ताप्लेजुङ । हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ