२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

हाथवे इन्भेष्टमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौ । हाथवे इन्भेष्टमेन्ट नेपालको आइपीओमा आवेदन दिने आज भदौ २५ गते सोमबार दिन हो ।

लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार यसमा भदौ २४ गते साँझ ५ बजेसम्ममा १० लाख १० हजार ३४ जना आवेदकले २ करोड ४१ लाख ९२ हजार ८४० कित्ताका लागि आवेदन परिसकेको छ । यो मागभन्दा ९।९६ गुणा बढी आवेदन हो ।

कम्पनीले भदौ २१ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२।५०५ अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले कुल २९ लाख २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

जसमध्ये २५ अर्थात् ५८ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । त्यस्तै, १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । यसैगरी, २ लाख ९२ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि बाँडफाँट भइसकेको छ । बाँकी २४ लाख २७ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणले यसमा न्यूनतम २० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी इक्रा नेपालले यस कम्पनीको आइपीओलाई ‘इक्रा एनपी ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ । इक्रा नेपालले २०७९ चैत २४ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० चैत २३ गतेसम्म बाहल रहनेछ ।

 

प्रकाशित मिति : २५ भदौ २०८०, सोमबार  १० : २६ बजे

ट्रम्पले ५०५ थप भन्सार महसुलको चेतावनी दिएपछि ‘अन्त्यसम्म लड्ने’ चीनको प्रतिज्ञा

बेइजिङ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको ५० प्रतिशत थप भन्सार

नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ

अछाम । जिल्लाको कमलबजार नगरपालिका–५ स्थित पाँचुल्ली चैतेपातल सामुदायिक वन

समान्य घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ

कबाडको अवैध निकासीले उद्योगमा कच्चा पदार्थको अभाव

नेपालगन्ज । नेपालमा सङ्कलित कवाडजन्य वस्तु अवैध रूपमा भारत निकासी

ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै

ताप्लेजुङ । हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ