२२ पुस २०८१, सोमबार | January 6, 2025

बागमतीमा सभामुखले बोलाए सर्वदलीय बैठक



काठमाडौं । बागमती प्रदेश सभामा प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आइतबार सर्वदलीय बैठक डाकेका छन्।

दुई महिनापछि भदौ १८ गते बोलाइएको प्रदेश सभा बैठक एमालेसहितका विपक्षी दलको चेतावनीपछि भदौ २४ गते आइतबारका लागि बोलाइएको छ।

तर, आइतबारको बैठक पनि सञ्चालन हुने अवस्था नदेखेपछि सभामुख पाठकले सत्तापक्ष र प्रतिपक्षबीच सहमतिका लागि सर्वदलीय बैठक बोलाएका हुन्।

सभामुख पाठकले आइतबार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएका छन्। आइतबारको सर्वदलीय बैठकबाट सहमति जुट्न सकेको अवस्थामा भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सञ्चालन हुने उनले बताए। असार २२ गतेपछि प्रदेश सभा बैठक बस्न सकेको छैन।

भदौ १८ गतेका लागि आह्वान गरिएको प्रदेश सभा बैठक पनि सरकार र विपक्षी दलहरूबीच सहमति हुन नसकेपछि तीनपटक स्थगित भइसकेको छ।

प्रकाशित मिति : २३ भदौ २०८०, शनिबार  ८ : ४२ बजे

वन्यजन्तुको आक्रमणबाट ८३ को मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना

काठमाडौँ । नेपालमा चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म वन्यजन्तुको आक्रमणबाट

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी केशवबहादुर सुनारसमेत रहेको

व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिनूः सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिन नेपाल

सत्कार दिवसका अवसरमा रैथाने खाना प्रदर्शन गरिने

काठमाडौं । नेपाल सत्कार दिवस ‘नेपाल हस्पिटालिटी डे–२०२५’ को दोस्रो

बढ्यो गाडीभाडा, कहाँबाट कहाँ पुग्दा कति लाग्छ भाडा ? (विवरण सहित)

काठमाडौं। सरकारले सार्वजनिक यातायातको भाडा बृद्धि गरेको छ । सोमबारबाट