५ चैत्र २०८१, मंगलबार | March 18, 2025

नेविसंघ त्रिभुवन विश्व विद्यालयद्वारा गृहमन्त्रीको पुत्ला दहन



काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् नेपाल तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष महेन्द्र यादवमाथिको सांघातिक आक्रमणको विरोध गर्दै नेपाल विद्यार्थी संघ त्रिभुवन विश्व विद्यालय इकाइ समितिले गृहमन्त्री नारायणकाजी श्रेष्ठको पुत्ला दहन गरेको छ।

आज बेलुकी दोषीलाई कडा कारबाहीको माग गर्दै गृहमन्त्रीको पुत्ला दहन गरिएको नेविसंघ त्रिवि इकाइ सभापति विष्णु बडैलाले जानकारी दिए।

यादवमाथि भएको सांघातिक हमलालाई आफूहरूले गम्भीरतापूर्वक लिएको बताउँदै उनले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

आज दिउँसो रिपोटर्स क्लबको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा यादवमाथि भृकुटीमण्डपमा खुकुरी प्रहार भएको हो।

नुवाकोट विदुर नगरपालिकाका ४७ वर्षीय श्याम सापकोटाले खुकुरी प्रहार गरेको र उनलाई नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २० भदौ २०८०, बुधबार  ८ : ५० बजे

साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिप फुटबल

आठ महिनामा बीस गैँडा मरे

चितवन । चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा

मुआब्जा नपाएपछि जलविद्युत आयोजना बन्द

खोटाङ । यहाँको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने

करिब बीस करोड रकमसहित काठमाडौंमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको

दाङमा मकै उत्पादन बढ्यो

दाङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको