१३ मंसिर २०८१, बिहिबार | November 28, 2024

एमाले लुम्बिनी प्रदेश अधिवेशनको तयारी पुरा, अधिवेशनमा छैन कुनै एजेण्डा



बुटवल । नेकपा (एमाले) को शनिबारदेखि बुटवलमा सुरु हुने प्रथम लुम्विनी प्रदेश अधिवेशनको तयारी पुरा भएको छ । अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको सो पार्टीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भदौं १६ र १७ गते हुने अधिवेशनका लागि विभिन्न जिल्लाहरुबाट प्रतिनिधिहरु आउने क्रम सुरु भएको एमालेले जनाएको छ ।

अधिवेशन बारे जानकारी गराउन शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै नेताहरुले लुम्बिनीको पहिलो अधिवेशनले पार्टी र मुलुकलाई नयाँ सन्देश दिने दाबी गरेका छन् । मुलुक संघीयतामा गएपछि सोही अनुसार प्रदेश संरचना निर्माण गरी पहिलो पटक अधिवेशन गगरिएको जनाउँदै नेताहरुले आयोजक कमिटीका सदस्यहरु समेत पार्टी सदस्यहरुबाट निर्वाचित भएर आउनु पर्ने ब्यवस्था गरिएको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै एमालेका केन्द्रयि सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज पद्मा अर्यालले प्रदेश अधिवेशनमा कुनै नितीगत एजेण्डा नभएको बताइन् । उनले निती र रणनीतिका विषयमा केन्द्रीय महाधिवेशनमा छलफल हुने भएकाले प्रदेश अधिवेशनमा कुनै छुट्टै एजेण्डा नभएको बताईन् । प्रदेशको समृद्धि , विकास र राेजगारीका विषयमा भने अधिवेशनमा छलफल हुने उनले बताइन् । उनले यस अघि ५७६ सदस्यीय प्रदेश संगठन कमिटी रहेकोमा आउने अधिवेशनले २०५ सदस्यीय कमिटी निर्वाचित गर्ने जानकारी दिइन् ।

उनले प्रदेश राजधानी दाङ सारिएसँगै एमालेको प्रदेश कार्यालय दाङ र बुटवल दुबै स्थानमा रहने बताइन् । ‘बुटवलमा आफ्नै भवन रहेकाले बुटवलमा प्रदेशको सम्पर्क कार्यालय रहने नै छ, दाङमा प्रदेश कार्यालय हुन्छ, प्रदेश अध्यक्ष बुटवल र दाङ दुबै ठाँउमा बस्नुहुन्छ ।’ उनले भनिन् ।

पत्रकार सम्मेलनमा बोल्दै एमाले पोलिटब्युरो सदस्य सुर्य थापाले होटल र रिसार्टहरुमा भेला बैठक हुनुलाई स्वाभाविक भएको बताउँदै ती रिसोर्ट र रेष्टुरेन्टहरु भेला जमघट गर्नकै लागि खोलिएको बताए । छलफल र सल्लाह गर्न रिसोर्टमा भेला हुनुलाई गुृटगत भेला भन्न नसकिने बताउँदै थापाले पार्टीमा आरोप प्रत्यारोप गर्न, अस्वस्थ प्रतिस्पर्धा गर्न र कसैलाई ब्यक्तिगत लान्छनालगाउन नपाईने स्पष्ट पारे । ‘स्वस्थ्य प्रतिस्पर्धा गर्न पार्टीले रोक लगाएको छैन । यत्र तत्र सर्वत्र एमाले भेटिन्छन्, त्यो अनौठो कुरा होईन ।’ उनले भने ।

प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले अधिवेशन विविध कारणले अर्थपूर्ण रहेको बताए । सात वटा प्रदेशमध्ये लुम्बिनी प्रदेशले पहिलो पटक यो अधिवेशन गर्नलागेकाले यसलेपार्टी जीवनलाई संघीय ढाँचा अनुरुपमा लगेर नयाँ नेतृत्व चयन गर्ने आफैमा ऐतिहासिक महत्वको रहेको उनले बताए ।

सम्मेलनको उद्घाटन पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार दिउँसो साढे १२ बजे गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । एमालेका अनुसार उद्घाटन समारोहमा पार्टीका उपाध्यक्षहरु युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोख्रेललगायतका नेताहरुको उपस्थिती रहने छ ।

सम्मेलन पूर्व विहान १० बजेदेखि बुटवलका १९ वटै वडाहरु, छिमेकी पालिका तथा जिल्लाबाट सहभागी हुन आउने कार्यकर्ताले राजमार्ग चौराबाट जुलुस तथा झाँकीसहित सम्मेलनस्थलमा प्रवेश गर्नेछन् । सम्मेलनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका १००४ प्रतिनिधिहरु सम्मेलनका प्रतिनिधि रहनेछन् । अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ ।

सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दांङबाट १३१, बाँकबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् । त्यस्तै जनसंगठनबाट ८३ गरी जम्मा १००४ जना प्रतिनिधि छनोट भएका एमाले प्रचार प्रसार विभाग प्रमुख डिआर घिमिरेले बताए ।

सम्मेलनको तयारीको सन्दर्भमा गठित मूल आयोजक कमिटीसहित, प्रतिवेदन लेखन, खाद्य तथा आवास, प्रचार प्रसार, मञ्च तथा स्वयंसेवक, अतिथि सत्कार, प्रतिनिधि व्यवस्थापन, प्राथमिक स्वास्थ्य, जनपरिचालन जस्ता समितिले यो सम्मेलन सफल बनाउन गर्नुपर्ने सम्पूर्ण काम सम्पादन गरिसकेका अध्यक्ष कंडेलले बताए ।

प्रकाशित मिति : १५ भदौ २०८०, शुक्रबार  ६ : २३ बजे

औद्योगिक व्यापार मेला बुटवल २०८१ : कृषिमा अर्गानिक उत्पादनलाई प्राथमिकता

बुटवल । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा अन्तर्राष्ट्रिय प्रदर्शनीयस्थल बुटवल

नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत

उल्भरह्याम्टन । रामेछाप गेलुका उज्वल कार्की उच्च शिक्षाका लागि बेलायत

अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र

रुपन्देहीको रोहिणीमा अर्गानिक मल उत्पादन सुरु, भारतीय बजारमा समेत माग बढ्दो

बुटवल । रुपन्देहीमा अर्गानिक मल उत्पादन सुरु भएको छ ।

होटललाई उद्योग सरह विद्युत् उपलब्ध गराउन ऊर्जामन्त्रीसमक्ष माग

काठमाडौं । देशभरका होटल व्यवसायीको छाता संस्था होटल सङ्घ नेपाल