८ पुस २०८१, सोमबार | December 23, 2024

१ लाख विद्यार्थीको दाँत परिक्षण महाअभियान सुरु



बुटवल । रोटरी क्लब अफ लुम्बिनी स्टार्सले स्कूल स्तरिय स्वाश्थ्य, दाँत तथा मुख परिक्षण कार्यक्रम अन्तरगत १ लाख विद्यार्थीको दाँत परिक्षण महाअभियान सुरुवात गरेको छ ।

महाअभियान अन्तरगत विद्यार्थीहरुको मुख स्वाश्थ्यलाई ध्यानमा राखेर लुम्बिनी प्रदेशका सरकारी स्कूलहरुमा दन्त शिवीर सञ्चालन गरि १ लाख विद्यार्थीहरुको दाँत परिक्षण गर्ने जनाइएको छ ।

आधुनिक समाज डेण्टल केयर प्रा.लि., बुटवल ८ को प्राविधिक सहयोगमा हुने सो महाअभियानको सोमवार बुटवल वडा नं. ८ स्थित श्री सिद्धेश्वर लालकुमारी माध्यामिक विद्यालयमा एक कार्यक्रमको रोटरी क्लब ३२९२ का डिष्टिक गर्भनर राजेन्द्र प्रसाद ध्वजूले सुभारम्भ गरे ।

सो अवसरमा बोल्दै डिजी ध्वजुले बालबालिकाको जिवनलाई सहज र सरल बनाउदै उनीहरुको स्वाश्थ्यलाई ध्यान दिएर थालिएको महाअभियानले समाजमा सकारात्मक सन्देश प्रवाहा गर्ने विश्वास व्यक्त गरे ।

उनले हाम्रा अभिभावकहरुले बच्चाहरुको स्वाश्थ्यमा कमै ध्यान दिने गरेको त्यसमा पनि दाँतको उपचारमा हेलच्यक्राई धेरै हुने गरेको हुदा त्यसलाई सचेतना अभियानका रुपमा अगाडी बढाउनु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा रोटरी क्लब अफ सेन्टरलका अध्यक्ष गणेश प्रसाद अधिकारीले समाज विकासका लागि स्कूलस्तरबाट नै सबै कुराको ज्ञान र सचेतना जगानु जरुरी भएको उल्लेख गर्दै यस महाअभियानले बच्चाहरुलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

रोटरी क्लब अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष यादव प्रसाद भण्डारीले आफ्नो बाल्यकालको स्मरण गर्दै दाँतको उपचारलाई हेलचेक्र्याई गर्न हुदैन भन्ने महसुस भएर विद्यालय स्तरबाट अभियान थालेको बताउदै त्यसमा अभिभावकहरुलाई सहभागी हुने आग्रह गरे ।

रोटरी क्लब अफ लुम्बिनी स्टार्स वर्ष २०२३/२४ का अध्यक्ष ध्रुव कोइरालाको अध्यक्षता, सचिव विमल ढकालको सञ्चालन तथा शिवीरको सहयोगी संस्था आधुनिक समाज डेण्टल केयर प्रा.लि., बुटवल ८ का सञ्चालक अमृत भुसालको स्वागतमा भएको कार्यक्रममा रोट्याक क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष जया भण्डारी, सिद्धेश्वर लालकुमारी माध्यामिक विद्यालयका सहप्राचार्य दिपक पौडेल लगायत बोलेका थिए ।

प्रकाशित मिति : १४ भदौ २०८०, बिहिबार  ५ : २९ बजे

रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु

रसुवा । उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले परीक्षण उत्पादन

एनपीएलले उघारेको सपना

काठमाडौं । देशको खेल इतिहासमै पहिलोपटक भएको नेपाल क्रिकेट लिग

गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा

गोरखा । गोरखा नगरपालिकाले नगरवासीलाई ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ का लागि

सात जना प्रहरी अधिकृत दर्ज्यानी चिह्नद्वारा सुशोभित

काठमाडौं । मन्त्रिपरिषद्को यही पुस ५ गतेको निर्णयअनुसार प्रहरी नायब

ताप्लेजुङमा धान उत्पादनमा वृद्धि

ताप्लेजुङ । यस वर्ष ताप्लेजुङमा धान उत्पादनमा वृद्धि भएको छ