३१ भदौ २०८१, सोमबार | September 17, 2024

क्रान्तिकारीहरु विभाजित भएको मौका पारेर प्रतिक्रान्तिकारीहरु संगठित भए : प्रचण्ड



बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्डले प्रत्येक क्रान्तिको विकास प्रतिक्रान्तिको जन्म दिँदै अगाडि बढ्ने बताएका छन् ।

समाजवादी मोर्चाको लुम्बिनी प्रदेशको सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले क्रान्तिको माध्मले सत्ताबाट गुल्टिएकाहरू प्रतिक्रान्तिका लागि फेरि संगठित भएर उठेको बताए । क्रान्तिकारीहरू बिभाजित भएको देखेर प्रतिक्रान्तिकारीहरू क्रान्तिलाई बदनाम गराउँदै प्रतिगमन तर्फ उन्मुख भएको उनले बताए ।

कम्युनिष्ट आन्दोलन भित्रका बादहरू विवादमा पुग्दा समाजवादी मोर्चाको आवश्यकता भएको उनले बताए । नेपालमा गणतन्त्र र संबिधासभाको निश्कर्ष चुनवाङ बैठकले नै गरेको स्मरण प्रचण्डले गरे । ‘गणतन्त्र जनताको हुने कि सामन्तको ? गणतन्त्र गरिव र श्रमिकको हुने कि दलाल पुँजिपतिको ? त्यही बहसबाट समाजबादी मोर्चाको जन्म भएको हो ।’ उनले भने ।

प्रतिक्रियावादीको दुस्साहसको अन्त्य गर्न शक्ति संचय आवश्यक रहेको उल्लेख गर्दै त्यही शक्ति संचय गर्न मोर्चा गठन गरिएको प्रचण्डको भनाई छ ।

आफू प्रधानमन्त्री भएपछि पनि आफू विरूद्ध दुईवटा मुद्दा दर्ताको प्रयास गरिएको बताउँदै त्यो मुद्दा प्रचण्ड विरूद्धको मात्र नभएर जनयुद्ध बिरूद्ध रहेको उनले टिप्पणी गरे ।

जनआन्दोलन, जनयुद्ध र मधेस आन्दोलनको संयोजन समाजवादी मोर्चा भएको दाबी गर्दै यश बाहेकका नेताहरू नक्कली भएको उनले आरोप लगाए । उनले एमाले अध्यक्ष केपी ओली तर्फ लक्षित गर्दै संविधान कुल्चने र संसद बिघठन गर्नेहरू जनताका नेता हुन नसक्ने ठोकुवा गरे । प्रचण्डले समाजवादी मोर्चाले छिटै सडकमा लाखौं जनता उतारेर समाजवादको मोडेल देखाउने घोषणाा पनि गरे । परिवर्तन पक्षधरहरू मोर्चामा बाहेक अन्त जाने ठाउँ नभएको उनले बताए । सुशासनको लागि एक पछि अर्को कदम चालिएको भन्दै उनले भने, ‘हेर्दै जानू होला अझै के के हुन्छ, हेर्न बाँकी छ ।’

प्रचण्डका राम्रा कामहरू नभनिने गरेको गुनासो गर्दै उनले आफुहरूले गरेका कामहरूको आफ्नौ पार्टी र मोर्चा अवद्ध दलहरुबाट ‘गर्जेर’ भन्न नसकेको उनले बताए । सरकारमा टिक्न जे पनि गर्छ कि भन्ने भ्रम नराख्न उनले सबैलाई आग्रह गरे । विप्लवले भने जस्तै सरकारबाट आफुले लडाई सुरू गरेको जनाउँदै आफुले सरकार छाड्दा जनतामा सन्देश जानेगरि छाड्ने उनले बताए । यस अघि सभामा विप्लवले सरकार सदन र सडक तीनवर्ट मोर्चाबाट समाजवादी मोर्चाको संघर्ष हुनु पर्ने बताएका थिए ।

नेपालको राष्ट्रियता र स्वाधिनतनको रक्षाका निम्ति आफ्नो लडाई जारी रहेको बताउँदै एमसीसीका बारेमा पनि आफुलाई विश्वास गर्न उनले मोर्चा आवद्ध दलहरूलाई आग्रह गरे । उनले १२ बुंदे ब्याख्यात्मक घोषणा आफुले स्पष्ट भाषामा राख्ने बताउँदै बाँकी कदम मोर्चामा सल्लाह गरेर निकास दिने उनले बताए ।

प्रकाशित मिति : १२ भदौ २०८०, मंगलबार  ४ : ४७ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित