२३ भदौ २०८१, आइतबार | September 8, 2024

मधेसमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्छौं : मन्त्री यादव



बारा । मधेस प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्ण यादवले मधेसमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्ने बताएका छन् ।

मधेस प्रदेश क्रिकेट सङ्घको दोस्रो साधारणसभा तथा प्रदेश अधिवेशनको आज बारा सदरमुकाम कलैयामा उद्घाटन गर्दै मन्त्री यादवले क्रिकेट मैदानका लागि जग्गा उपलब्ध भइसकेकाले चाँडै नै निर्माण प्रक्रिया थाल्ने बताए । मधेसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्रिकेट खेलाडी उत्पादन भइरहेको उल्लेख गर्दै उनले क्रिकेटका माध्यमबाट मधेसको मान सम्मान बढेको बताए ।

“मधेसलाई क्रिकेटको हब बनाउन तथा खेलाडीको हौसला बढाउने काममा प्रदेश सरकार पूर्णरुपमा प्रतिबद्ध छ”, मन्त्री यादवले भने–“खेलाडी देशको गहना भएकाले उनीहरुको संरक्षण तथा संवद्र्धनका लागि प्रदेश सरकार कुनै कसर बाँकी राख्दैन ।”

नेपाल क्रिकेट सङ्घ ९क्यान० का केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले मधेस प्रदेशबाट उत्पादन भएका खेलाडीले नेपाली क्रिकेटको महत्व बढेको प्रष्ट पारे । “काठमाडौंबाहेक अन्य ठाँउमा सुविधा सम्पन्न खेल मैदान नहुँदा खेलाडीले आफ्नो क्षमता निखार्न सकिरहेका छैनन्”, उनले भने । वीरगञ्ज, पोखरा, भैरहवा, विराटनगर, चितवन, हेटौँडा, जनकपुरलगायत ठाउँमा सरकारले अन्तर्राष्ट्रियस्तरको खेल मैदान निर्माण गर्नुपर्नेमा अध्यक्ष चन्दले जोड दिए ।

मधेस प्रदेश क्रिकेट सङ्घका अध्यक्ष हिरा भगतको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा मधेस प्रदेशसभा सदस्य सतिष सिंह, नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखरकुमार यादव, कलैया उपमहानगरपालिका नगरप्रमुख विनोद साह, महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादव, नेपाल क्रिकेट सङ्घका कार्यवाहक सचिव दुर्गाराज पाठक, कोषाध्यक्ष रोशन सिंह, केन्द्रीय सदस्य प्रशान्तविक्रम सिंह, मधेस प्रदेश सचिव आयुष श्रेष्ठ, क्रिकेट सङ्घ बाराका अध्यक्ष प्रभातकुमार चौरसियालगायतले अधिवेशन सफलताको कामना गरेका थिए ।

प्रकाशित मिति : ९ भदौ २०८०, शनिबार  ४ : ५१ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर