२३ भदौ २०८१, आइतबार | September 8, 2024

भारतीय दूधको खुल्ला आयातले बाँकेका दुघ्द उत्पादक किसान मर्कामा



नेपालगन्ज । नेपालगन्ज यस आसपासमा भारतीय दूध बिना रोकतोक आएपछि नेपाली दूधको बजारमा असर परेको दुघ्द किसानहरुले गुनासो गरेका छन् । अवैध बाटोबाट भित्रिने गुणस्तरहीन भारतीय दूधका कारण नेपाली किसान मारमा परेको उनीहरुले बताएका छन् ।

हरेकदिन ठुलो परिमाणमा भारतीय दूध आएर नेपाली किसानको ब्यवसायलाई धारासायी बनाएको भन्दै जिल्ला दुग्ध व्यवसायी संघ, बाँकेले भारतबाट आउने गरेको दूधमा रोक लगाउन माग गरेको छ । संघले दूधमा रोक लगाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँके र नेपालगन्ज उपमहानगरपालिमामा ज्ञापन पत्र बुझाएका छन् ।

संघका अध्यक्ष दीपकराज भण्डारीले भारतबाट दैनिक भित्रिने आठ हजार बढी लिटर दूधका कारण नेपाली किसान मारमा परेको बताए । जिल्ला प्रशासन र नेपालगन्ज उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएको जानकारी दिदै अध्यक्ष भण्डारीले केही दिनभित्रै भारतीय दूध आयातमा रोक नलगाए आन्दोलन गर्ने चेतावनी दिए ।

संघका पूर्वअध्यक्ष बदरुद्दिन अन्सारीका अनुसार, बाँकेमा २४ हजार लिटर दूध उत्पादन हुन्छ । बर्दिया जिल्लाबाट ७ हजार लिटर दूध आउँछ । जिल्लाबाट सात हजार लिटर अन्यत्र जिल्लामा जान्छ । बाँकेमा दैनिक २२ हजार लिटर दूध खपत हुन्छ । भारतबाट भित्रिने दूध बढी भइरहेको छ । भारतबाट ८ हजार लिटर दूध भित्रिदा त्यही बराबरको नेपाली किसानको दूध बिक्री हुन सकेको छैन ।

बाँकेमा पालिका अनुसार हेर्दा बैजनाथ गाउँपालिकामा तीन हजार लिटर, नरैनापुर गाउँपालिकामा तीन हजार लिटर, राप्तीसोनारी गाउँपालिकामा दुई हजार पाँच सय लिटर, खजुरामा तीन हजार पाँच सय लिटर, कोहलपुरमा दुई हजार पाँच सय लिटर, नेपालगञ्ज उपमहानगरपालिकामा एक हजार पाँच सय लिटर, जानकी गाउँपालिकामा तीन हजार लिटर, डुडुवा गाउँपालिकामा पाँच हजार लिटर दूध उत्पादन हुने गर्दछ ।

पछिल्लो दिनमा भारतबाट भित्रिने दूधको रेकर्ड नै छैन । क्वारेन्टाइन र भन्सार कार्यालयले रेकर्ड नराखेको किसानको गुनासो छ । नेपाली किसानले भारतबाट भित्रिने दूधको रेकर्ड राख्न, भन्सार लिएर छोड्न तथा गुणस्तर मापन गर्न आग्रह गरेका छन् । भारतीय दूधलाई भन्सार लगाउन सकेमा मात्र नेपाली किसानले प्रतिस्पर्धा गर्न सक्ने अध्यक्ष भण्डारीको भनाई छ ।

प्रकाशित मिति : ७ भदौ २०८०, बिहिबार  ७ : ११ बजे

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव यथावत

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,