५ मंसिर २०८१, बुधबार | November 20, 2024

मिथिलामा बढ्दै राखीको रौनक



महोत्तरी । मिथिलामा चन्द्रमासको साउन शुक्लपक्ष प्रारम्भ भएपछि चाडबाड बाक्लिनेक्रम चल्छ । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा प्रचलनमा रहेका मिथिला र विद्यापति पञ्चाङ्गको वर्ष आरम्भ नै चन्द्रमासको साउन प्रारम्भसँगै हुन्छ । वर्षको प्रारम्भसँगै साउन शुक्लपक्ष सुरु हुनासाथ चाडपर्व बाक्लिँदै जान्छन् ।

मिथिलामा साउन शुक्लपक्षभित्रै मधुश्रावणी पर्व समापन, झुलनोत्सव, नागपञ्चमी पर्व पर्दछन् । यी पर्वसँगै साउन शुक्लपक्षमा खास रौनक भने ‘राखी’ पर्वको देखिन्छ । अहिले साउन शुक्लपक्षको करिब मध्यतिर आइपुग्दा महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘राखी’ ९रक्षाबन्धन० पर्वको रौनक ह्वात्तै बढेको छ । पूर्णिका दिन मनाइने यो पर्वको तयारी देखिन थालेसँगै मिथिला क्षेत्रमा अहिले रमझम बढेको हो । मिथिलामा यही भदौ ९सौरमासको० १४ गते बिहीबार ‘राखी’ पर्व मनाइँदैछ ।

मिथिलामा साउन शुक्लपक्ष सुरु भएसँगै ‘राखी’को चहलपहल बढ्न थाल्छ । फुटपाथे पसल हउन् वा पान पसल, ठूलठूला व्यापारिक प्रतिष्ठान हुन कि चलचित्र घर सबै ठाउँमा दिदीबहिनी र दाजुभाइबीच गाढा प्रेम दर्शाउने गीतका धुन लगातार बजिरहेका सुनिन्छन् । चारैतिर पर्वको रमझम र तयारीले सम्पूर्ण मिथिला क्षेत्र अहिले राखीमय बनेको छ ।

मिथिलामा अहिले जताततै दाजुभाइको सौर्य बखान गरिएका माङ्गलिक गीतको मिठो धुन गुञ्जी रहेका छन् । प्रत्येकजसो गाउँनगर बस्तीमा रङ्गीविरङ्गी ‘राखी’ (साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइलाई हातमा बाँधिदिने कलात्मक ढङ्गले बनाइएका धागोका डोरा) बेच्न राखिएका छन् । बस्तीमा खासगरी किशोरी र नवयौवना सखी सहेली एकापसमा भेट हुनासाथ गरिने कुराकानी नै ‘राखी’को तयारीसँग सम्बन्धित हुने गरेको छ ।

“दाजुभाइ को कता छन् रु उनीहरुको खोजी गर्नु र आफ्ना दाजुभाइका नाडीमा सुहाउने राखी खोज्नु अहिलेको तयारी हो”, पर्वबारे जलेश्वर नगरपालिका-२ की सामाजिक कार्यकर्ता साधना वर्मा भन्छिन । मैथिल दिदीबहिनीले पर्वका लागि टाढाटाढा रहेका दाजुभाइलाई फोन गरेर सम्झदै राखीको निम्ता गर्दैछन् ।

अविवाहित दिदीबहिनीलाई त एउटै घरमा भएपछि दाजुभाइलाई निम्ता दिन हतार हुँदैन । विवाह भएर आफ्नो घरजममा लागेका दिदीबहिनी भने साउन शुक्लपक्ष लाग्नासाथ निम्ताको तारतम्यमा लाग्छन् । “मैले त दाजुभाइलाई फोन गरेर निम्ता गरीसके”, महोत्तरीकै भङ्गाहा-४ रामनगर घर भएकी आजादी कुशवाहा भन्छिन, “सबै दाजुभाइ मेरै घर आउने टुङ्गो भयो ।” बर्दिबास-१२ बिजलपुरा माइती भएकी कुशवाहा दाजुभाइको स्वागतको तयारीमा अहिले नै लाग्न थालेकी छिन ।

त्यसैगरी अविवाहित चेली पनि काम विशेषले घर बाहिर रहेका दाजुभाइलाई सम्झँदै पूर्णिमाका दिन राखी बाँध्न आउने निम्ता दिन तल्लीन छन् । साउन शुक्लपक्ष सुरु भएयता दाजुभाइप्रति देखाइने वास्ता र पर्वको पूर्वतयारीले १५ दिन बितेको थाहै नपाइने गरेको मैथिल दिदीबहिनी बताउँछन् । पर्वको मुख्य दिन अझै सात/आठ दिन बाँकी छँदै अहिले सिङ्गो मिथिला क्षेत्र नै पर्वको तयारीमा उमङ्गीत छ ।

मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यो पर्व यस क्षेत्रको महान सांस्कृतिक पर्व रहेको मिथिला लोकसंस्कृतिका ज्ञाता बताउँछन् । साउन शुक्लपक्ष सुरु भएयता बजारमा आआफ्ना दाजुभाइलाई बाँधिने राखी छान्न मिथिलानी (मिथिलाका नारी) चेलीहरुको चहलपहल अहिलेदेखि नै बढेको छ ।

सडकका चोकचोक र हाटबजारमा गुञ्जेका राखीपर्वका गीतले आम बटुवालाई समेत द्रवित बनाउने गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउँछन । चेलीहरु अहिलेदेखि नै राखी बाँधी दिएपछि दाजुभाइलाई ख्वाइने मिष्ठान्न परिकारबारे योजना बनाउन थालेका छन् ।

यसैगरी दाजुभाइ पनि पर्वमा दिदीबहिनीसँग राखी बाँध्ने प्रयोजनका लागि केही दिन पहिलेदेखि नै आआफ्नो कामबाट फुर्सद मिलाउन लागेका छन् । पर्व विशेषमा दाजुभाइ, दिदीबहिनी र राखीको कारोबार गर्ने व्यापारीहरु उत्तिकै व्यस्त छन् । ग्राहकको रोजाइमा परेका राखीका डिजाइनको माग र त्यसको आपूर्ति अहिले आफ्नो मुख्य ध्येय रहेको व्यापारीहरुको भनाइ छ । पर्वका लागि अब सात÷आठ दिनमात्र बाँकी रहँदा रक्षाबन्धनका विभिन्न डिजाइनको माग र आपूर्तिका कामले एकछिन फुर्सद नभएको सीतापुर बजारमा राखी बिक्री गर्दै आएका रामभगत साह बताउँछन ।

सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल)को अधिपति रहेका दानवराज वलिलाई उनका बहिनीहरु गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन (रक्षाकवच) बाँधी दिएका र सो युद्धमा बलिको जीत भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै ‘राखी’ बाँधी दिने परम्परा बसेको मिथिला क्षेत्रमा जनविश्वास छ ।

पर्व विशेषमा यसअघि केही मनोमालिन्य रहे पनि दिदीबहिनीले निम्ता गरेपछि दाजुभाइ राखी बाँध्न पुग्ने गर्नुले चेलीहरु र माइती पक्षबीच सम्बन्ध सुधारमा समेत पर्वको विशिष्ट भूमिका हुने गरेको शिक्षा क्षेत्रमा उपसचिव पदमा रही लामो सरकारी सेवाबाट अवकाश लिनुभएका जिल्लाकै जलेश्वर नगरपालिका-४ सुगाभवानीपट्टीका ८२ वर्षीय कृष्णचन्द्र झा बताउँछन ।

पर्व विशेषमा दिदीबहिनी नहुने पुरुष र दाजुभाइ नहुने मिथिलानीहरुले नजिकका नाता खोजेर राखी बाँध्ने, बधाउने परम्पराले यो सांस्कृतिक पर्वको महत्व झनै उजेलिएको आम मिथिलावासी बताउँछन् । पर्वमा दाजुभाइ भेट हुन नसक्ने टुङ्गो भएपछि आफ्ना दाजुभाइलाई खाममा ‘राखी’ राखेर हुलाकमार्फत पठाउने पुरानो चलन हराए पनि मोबाइलमै राखीको तस्विर खिचेर पठाउने बढेका छन् ।

पर्वमा ब्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित डोरा यजमानलाई बाँधी दिने परम्परा भए पनि मिथिलामा भने मुख्य आकर्षण दिदीबहिनीकै हातबाट राखी बाँधिनु रहेको देखिन्छ । विगतमा मिथिला क्षेत्रका रैथाने बासिन्दामा मात्र प्रचलनमा रहेको यो पर्व आपसी सांस्कृतिक घुलमिलले अब हिन्दू धर्मावलम्बी पर्वते समुदाय मात्र नभई इस्लाम धर्मावलम्बी भित्र पनि बाक्लै प्रचलनमा आएको छ । पर्वते समुदायका चेली र इस्लाम धर्मावलम्बी दिदीबहिनी पनि आपूmले दाजुभाइ मानेकाहरुलाई राखी बाँधी दिन पर्वको तयारीमा देखिन्छन् ।

पछिल्ला दिनमा पर्व हिन्दू धर्मावलम्बीको मानिँदै आइए पनि समाजमा हुने देखासिकी र पर्वको रमाइलो तथा आत्मीय पक्षको आकर्षणले महोत्तरीका इस्लाम धर्मावलम्बी युवाले हिन्दू महिलालाई दिदीबहिनी बनाएर र इस्लाम धर्मावलम्बी चेलीहरुले हिन्दू युवालाई दाजुभाइ बनाएर राखी बाँध्ने व्यापक प्रचलन बढ्दै जानुले यो पर्व अब मिथिला क्षेत्रको साझा पर्व बनेको सम्सी गाउँपालिका-६ सम्सीका इस्लाम धर्मावलम्बी ३५ वर्षीय युवा अहमद इम्तियाज बताउँछन ।

प्रकाशित मिति : ७ भदौ २०८०, बिहिबार  २ : ३४ बजे

उपमहानगरको योजना अनुगमनमा मेयर आफै सडकमा निस्किए

बुटवल । बुटवल उपमहानगरपालिकाका बिभिन्न वडामा भएका सडक बिस्तार तथा

रास्वपाले पार्टी एकता र आन्तरिक छलफललाई थप व्यवस्थित बनाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सङ्कटको समयमा पार्टी

नेपाली कूटनीतिज्ञ तथा सरकारी अधिकारी अध्ययनका लागि भारत भ्रमणमा जाँदै

काठमाडौं । नेपाल सरकारका १० मन्त्रालय र विभागका गरी २६

नागरिकलाई उठीवासको त्रासमा राख्ने काम नहोस् : अनुगमन टोली

काठमाडौं । उठीवास अनुगमन टोलीले नागरिकलाई त्रासमा राख्ने काम नगर्न

विस्तृत शान्ति सम्झौताको १८ वर्ष : ‘पीडित अझै न्याय पाउने आशमा’

काठमाडौं । नेपालमा चलेको दशवर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता