२ मंसिर २०८१, आइतबार | November 17, 2024

जैविक मार्गको धरापले मर्दै हात्ती



बेदकोट । पछिल्लो केही वर्षयता कञ्चनपुरमा मानव वन्यजन्तु द्वन्द्वका घटना बढिरहेका छन् । हात्ती हिँड्ने परम्परागत मार्गमा मानव बस्तीका साथै विभिन्न संरचना बन्न थालेपछि मानव-वन्यजन्तु द्वन्द्वका घटना बढिरहेका हुन् ।

परम्परागत मार्गमा अवरोध आउँदा हात्ती बस्ती पस्न थालेका छन् । जङ्गली हात्तीले बर्सेनि बालीनाली सखाप पार्नाका साथै मान्छे पनि मार्ने गरेको शुक्लाफाँटा नगरपालिका-७ कालापानीस्थित वातावरण मध्यवर्ती सामुदायिक वनका अध्यक्ष लोकेन्द्रराज जोशी बताउँछन ।

सामुदायिक वन कालापानी गाउँसँगै जोडिएको छ । साउनदेखि कात्तिक र माघ-फागुनमा जङ्गली हात्तीको बथानै आउने गरेको छ । “स्थानीय सामुदायिक वनभित्र पस्न डराउँछन्, हात्ती आएकै हुन्छन्”, उनी भन्छन, “सामुदायिक वनमा मानव-वन्यजन्तु द्वन्द्व कम गर्न बाँस रोपेका छौँ, त्यहीँ आहार गर्न हात्ती आउँछन् ।” शुक्लाफाँटा-४ कालापानीस्थित सेफ्टी ट्याङ्की भासिदा गत बिहीबार जङ्गली हात्ती म¥यो ।

गत वर्ष वातावरण मध्यवर्ती सामुदायिक वन र वेदकोट नगरपालिकाबको हात्तीथलास्थित बैजनाथ मध्यवर्ती सामुदायिक वनमा दुई छावा भेटिएका थिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले उद्धार गरेपछि एउटा त्यसै राति र अर्को हात्तीसारमा १७ दिनपछि मरेको थियो ।

विसं २०७८ मा पुनर्वास क्षेत्रमा पनि हात्ती मृत फेला परेको थियो । त्यसको अघिल्लो वर्ष पनि विद्युतीय धरापमा परेर हात्ती मरेको थियो । हात्तीको बासस्थान क्षयीकरण र पूर्वाधार निर्माणले परम्परागत मार्ग खण्डीकृत हुँदा हात्ती संरक्षणमा चुनौती थपिएको निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐर बताउँछन । “हात्तीको जैविक मार्ग ‘डिस्ट्रब’ छ, जसले हात्ती आफ्नो ‘रुट’मा हिँड्न सकिरहेको छैन”, उनले भने, “त्यसैले हात्ती यताउता बस्तीतिर आइरहेका हुन् ।” शुक्लाफाँटाको वातावरण मध्यवर्ती र वेदकोटको बैजनाथ मध्यवर्ती सामुदायिक वन हात्तीको करिडोरअन्तर्गत पर्दछन् । भारतको पिलिभित टाइगर रिजर्भबाट हात्ती शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसेमैदान, बडेपानी खोला हुँदै चुरेसम्म पुग्छन् ।

चुरेबाट वातावरण, वैजनाथ मध्यवर्ती सामुदायिक वन, तारापुर हुँदै ढक्का, लालझाडी मोहना संरक्षित क्षेत्र, पुनर्वास, भारतको दुधुवा नेसनल पार्क, कतर्निया हुँदै हात्ती बर्दिया राष्ट्रिय निकुञ्ज पुग्छन् । यसलाई हात्ती हिँड्ने परम्परागत मार्गका रुपमा लिने गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत ऐरले बताए । अहिले यो मार्गमा मानव बस्ती विकासका साथै भौतिक संरचना र पूर्वाधार निर्माण हुँदा हात्तीका लागि धराप बनेका छन् । यस्ता धरापले अकालमा वन्यजन्तु मर्ने गरेको ऐरले बताए । “ढक्कामा शिविर छ, पुनर्वास क्षेत्रमा हुलाकी राजमार्ग साथै मानव बस्ती विकास भएको छ”, निकुञ्जका सहायक संरक्षण अधिकृत ऐर भन्नुहुन्छ, “हात्तीलाई विचरणका लागि ठूलो भूभाग आवश्यक पर्छ ।”

जैविक मार्गमा रोकावट आएपछि हात्तीले बस्ती पसेर मान्छेलाई आक्रमण गर्ने गरेको उनले बताए । सेफ्टी ट्याङ्कीमा हात्ती मरेको ठाउँमा एक वर्षअघि हात्तीको आक्रमणबाट एक किशोरीको ज्यान गएको थियो । सेफ्टी ट्याङ्कीमा मरेको हात्ती पोथी भएकाले ठूलो क्षति पुगेको छ । “जीवजन्तुको सङ्ख्या बढाउन र कायम राख्न पोथी अनिवार्य हो, त्यसै त पोथीको सङ्ख्या कम छ”, ऐरले भने, “पोथी हात्ती मर्दा निकै क्षति भएको छ ।”

प्रकाशित मिति : ५ भदौ २०८०, मंगलबार  २ : १८ बजे

राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०/८१ को

ढुङ्गानाको योगदान राष्ट्र र जनताले सम्झिरहनेछन् : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

ओखलढुङ्गा समन्वय समितिको प्रमुखमा कांग्रेस उम्मेदवार भट्टराई निर्विरोध

काठमाडौं । जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुख पदमा नेपाली कांग्रेसका

भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट

चितवन । भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा

पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत पृथ्वीराजमार्गको पूर्वी खण्डमा दोेस्रो चरणको कालोपत्र