२९ पुस २०८१, सोमबार | January 13, 2025

शिवशिखर र सार्थक सहकारीमाथि प्रहरीको अनुसन्धान, पीडितहरुलाई प्रमाण सहित प्रहरीले बोलायो



बुटवल । देशका अधिकांस स्थानमा ठगी गरेको शिव शिखर सहकारीमाथि बुटवलमा अनुसन्धान सुरु भएको छ । इलाका प्रहरी कार्यालयले सो सहकारीका बारेमा अनुसन्धान सुरु गरेको हो ।

बचतकर्ताको रकम हिनामिना गरेपछि बन्द रहेको बुटवलको योगिकुटीमा अवस्थित शिव शिखर सहकारी र तिलोत्तमाको मणिग्राममा अवस्थित सार्थक बहुउद्देश्यीय सहकारीका पीडितहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा सम्पर्क गर्न आग्रह गरिएको छ । सहकारीको बारेमा अनुसन्धान अघि बढेका जनाउँदै प्रहरीले पीडितहरुले रकम जम्मा गरेको प्रमाणसहित ईलाका प्रहरी कार्यालय बुटवलमा सम्पर्क गर्न आग्रह गरिएको जनाएको छ ।

तिलोत्तमा नगरपालिका–५ मणिग्राममा रहेको दर्ता नं. ४६/०७८/०७९ को सार्थक बहु उद्देश्यीय सहकारी संस्था र भक्तपुर जिल्ला ठिमि नगरपालिका अन्तर्गत कौशलटार मुख्य कार्यलय रही रुपन्देहीको बुटवल उप महानगरपालिका–१० योगिकुटीमा शाखा कार्यालय रहेको दर्ता नं. ५८८/०६९/०७० को शिव शिखर बहु उद्देश्यीय सहकारी संस्था बारे प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

थप अनुसन्धानका लागि रकम जम्मा गरेका सेयर धनि तथा बचत कर्ताहरुको वचत रकम तथा सेयर सहकारीहरुले फिर्ता नदिई ठगी गरेको सम्बन्धमा अनुसन्धान भई रहेको जनाइएको छ ।

जनताको अवौं रकम अवचलन गरि फरार रहेका शिवशिखर सहकारीका संचालक दम्पत्ती पक्राउ परेसँगै सो सहकारीका देशैभरका कार्यालय र पसलहरु बन्द रहेका थिए । अध्यक्ष केदारनाथ शर्मालाई सीआईबीले भारतको मुम्बईबाट पक्राउ गरेर ल्याएको छ भने त्यस अघि नै उनकी श्रीमती गीता शर्मा सिआइबी हिरासतमा छिन् ।

२०६९ साल असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र पाएको शिव शिखर ०७८ साउनमा बुटवल आएको थियो ।शिवशिखरले सहकारीसँगै ‘गार्डेनमार्ट डिपार्टमेन्टल स्टोर्स’ सहित खाद्यान्हको अधिकृत बिक्रेताको रुपमा सप्लाई पनि गर्दै आएको थियो ।

प्रकाशित मिति : ४ भदौ २०८०, सोमबार  ४ : ०१ बजे

पोखरामा लियो ३२५-जे नेपालको दोस्रो काउन्सिल बैठक सम्पन्न

पोखरा । लियो जिल्ला परिषद् ३२५ जे नेपालको बार्षिक अवार्ड

मुग्लिन-पोखरा सडक विस्तार : पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति

तनहुँ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यले तीव्रता पाएको छ

जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्द

पर्वत । विभिन्न सेवा सुविधाको खोजीमा गाउँबाट बसाइँसराइ बढ्दै गएपछि

मेयर कप भलिबल : मणिमुकुन्द र गोलपार्क अन्तिम चारमा प्रवेश

बुटवल । माघे संक्रान्तिको अवसर बुटवलमा जारी प्रथम मेयर कप