८ बैशाख २०८२, सोमबार | April 21, 2025

गोलभेडाको भाउ घट्यो, धनियाँको अचाक्ली बढ्यो



काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा प्रतिकेजी मूल्य १२०, टनेल गोलभेडा सानो ७०, घिउ सिमी लोकल १००, काउली स्थानीय प्रतिकेजी ८०, आलु रातो ५०, मुडे आलु रातो ४६, भारतीय आलु रातो ३६, भारतीय प्याज सुकेको ७५, लौका ७०, हरियो फर्सी ८०, घिरौला ४० कायम भइ कारोबार भइरहेको छ । हिजो नेपाली गोलभेडाको भाउ १३० रूपैयाँ थियो ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल ४०, गाँजर ११०, मूला सेतो ७०, मूला रातो ६०, भन्टा डल्लो ८०, भन्टा लाम्चो ६०, मकै बोडी ८०, टाटे सिमी ७०, तितो करेला ८०, ब्रोकाउली १५०, कागती १६०, भिण्डी ७०, न्यूरो ७०, रातो बन्दा प्रतिकेजी १४० रुपैयाँ, लोकल काक्रो ८०, अदुवा प्रतिकेजी २६० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ५००, केरा दर्जन १४०, अनार २८० रुपैयाँ, नासपाती ७०, आभोकाडो ४५० रुपैयाँ, कालो अंगुर ४००, किवि ७००, हरियो खुर्सानी अकबरे २५० रूपैयाँ तथा रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा (मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया २००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २००, चाइनिज लसुन २४०, लसुन हरियो २००, रुख कटहर ४०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ७०, फूजी स्याँउ ३५०, मौसम १२०, जुनार ३२०, तोफु ११०, पिंडालू ७०, तामा १००, कन्य च्याउ १८०, तने बोडी प्रतिकेजी १०० रूपैयाँ कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ४ भदौ २०८०, सोमबार  १० : २५ बजे

संरक्षणको पर्खाइमा मुस्ताङको सेकुङ ताल

मुस्ताङ । यहाँको थासाङ गाउँपालिका-२ स्थित सेकुङ ताल संरक्षणको पर्खाइमा

ताप्लेजुङ बलेरो आगलागी : निधन भएका र घाइतेको पहिचान

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको

कालीकोटमा ट्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु

काठमाडौं । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको

पाथीभरा दर्शनका लागि जाँदै गरेको जिपमा आगलागी, चारजनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका-१० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा

पाल्पामा जिप दुर्घटना हुँदा १८ वर्षिया युवतीको मृत्यु, १ जना घाइते

पाल्पा । पाल्पाको बगनासकालीमा भएको सवारी दुर्घटनाबाट एक किशोरीको मृत्यु