३१ भदौ २०८१, सोमबार | September 17, 2024

सातै प्रदेशमा ‘सन्देश सभा’ गर्ने समाजवादी मोर्चाको निर्णय



काठमाडौं । समाजवादी मोर्चाले सात प्रदेशमा सन्देश सभा गर्ने भएको छ ।

चार दल सम्मिलित मोर्चाको सोमबार बिहान बसेको बैठकले सातै प्रदेशमा सभा गर्ने निर्णय गरेको हो ।

बैठक एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा बसेको थियो ।
बैठकले ८ गते वीरगञ्ज, १२ गते बुटवल, १३ गते धनगढीमा, १४ गते सुर्खेत, १५ गते पोखरा, २३ गते हेटौंडा र २५ गते विराटनगरमा सभा गर्ने निर्णय गरेको छ ।

मोर्चा बनाउनुको कारण र यसका कामबारे जनतालाई जानकारी दिने उद्देश्यले सबे प्रदेशमा सभा गर्न लागिएको एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए ।

बैठकले सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्ने निर्णय पनि गरेको छ ।

चार दलसम्मिलित मोर्चामा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रहेका छन् ।

प्रकाशित मिति : ४ भदौ २०८०, सोमबार  ९ : २९ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित