२० कार्तिक २०८१, मंगलबार | November 5, 2024

अपि पावरको आजबाट हकप्रद सेयर खुला



काठमाडौं । अपि पावर कम्पनीले आज बुधबार साउन ३१ गतेदेखि ४०% हकप्रद सेयर बिक्री खुला गरेको छ ।

कम्पनीले १ः०.४ अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासनमा ल्याएको हो ।

उक्त हकप्रद सेयरका लागि यसले असार २२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार २१ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । अपिको यस हकप्रद सेयरमा लगानीकर्ताले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ ।  यसको हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपी पावरको कार्यालय थापाथली तथा मुक्तिनाथ बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर बिक्री गरेपछि यसको चुक्ता पुँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रुपैयाँ पुग्नेछ। कम्पनीले विद्युत उत्पादन गरिरहेका ५ वटा विभिन्न परियोजनाको ऋणमोचन गर्ने उद्देश्यले हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ९ : १४ बजे

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : एक सय ६२ सडक मानवको उद्धार

बागलुङ । तेइस दिनअघि देखि प्रारम्भ भएको मानव सेवा आश्रमको

पृथ्वी राजमार्गको ६३ किमी कालोपत्र सम्पन्न

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा दुई लेनको ६३ किलोमिटर

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

पोखरा । सहकारी ठगी प्रकरणमा प्रहरी नियन्त्रणमा रहेका राष्ट्रिय स्वतन्त्र

गैँडाको आक्रमणबाट बोटेको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मा आज दिउँसो

प्रधानमन्त्री ओली अस्वस्थ्य, निवासमै आराम गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ बनेका छन् ।