२३ भदौ २०८१, आइतबार | September 8, 2024

बन्दै गरेको नेपालगन्ज-गुलरिया सडकको मापदण्डमा खजुराको सडक बनाउन खजुरा गाँउपालिकाको माग



खजुरा । खजुरा गाँउपालिकाले आज ठेक्का तोडिएको खजुरा खण्डको सडक निर्माण भइरहेको नेपालगन्ज-गुलरिया सडकको मापदण्ड अनुसार निर्माण गर्न माग गरेको छ । सडक डिभिजन कार्यालय नेपालगन्जले सो सडकको ठेकेदार कम्पनी गजुरमुखी कन्ट्रक्सनसँगको सम्झौता तोडे लगत्तै विज्ञप्ति प्रकाशित गर्दै पालिकाले नेपालगन्ज गुलरिया सडककै मापदण्ड अनुरुप सडक बनाउन माग गरेको हो ।

तीन पटक म्याद थप्दा र म्याद सकिएपछि पनि पटक पटक सडक निर्माणको सुबिधा दिँदा पनि अटेर गरेपछि ठेकेदार कम्पनीसँगको ठेक्का सडक डिभिजनले आज तोडेको थियो । गाँउपालिकाका अध्यक्ष डम्बर विकले हस्ताक्षर गरेको विज्ञप्तिमा नेपालगन्ज गुलरिया सडककै मापदण्ड अनुसार खजुरा क्षेत्रको सडक खण्डको निर्माण कार्य अगाडि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा सडक विभागसँग माग गरिएको छ ।

स्थानीयबाट लामो समय देखि काम नगर्ने ठेकेदारसँगको सम्झौता तोडेर नेपालगन्ज बर्दिया सडक निर्माण गरिरहेको शर्मा एण्ड कम्पनीलाई काम सुम्पन आग्रह गर्दै आएका थिए । ठेक्का सम्झौता तोडिएको खबरले आफु खुसी भएको बताउँदै गाँउपालिकाका अध्यक्ष डम्बर बिकले अवको बाँकी काम सडक बिभागको निगरानीमा शर्मा एण्ड कम्पनीबाट गराउन आग्रह गरे ।

खजुरा खण्डको ठेक्का ओटाशील प्रविधिबाट सम्झौता भएको थियो भने नेपालगन्ज गुलरिया सडक अक्सफाल्ट प्रविधिबाट निर्माण भइरहेको छ । ओटाशील प्रविधि सडकको सबैभन्दा कमसल प्रविधि भएको मानिने गरेको छ ।

काम नगर्ने ठेकेदारसँगको सम्झौता रद्द गर्न माग गर्दै गाँउपालिकाले पटक पटक डेलिगेशन गएको स्मरण गर्दै त्यस्ता ठेकेदारलाई कालोसूचीमा लैजान ढिला गर्न नहुने उनले बताए ।

बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले ठेक्का लिएर निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर तीनपटक म्याद थप र एक वर्ष विशेष सुबिधा दिएर सडक बनाउन अवसर दिँदा पनि निर्माण सम्पन्न गर्न तदारुकता नदेखाएपछि ठेक्का तोडिएको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख निरज शाक्यले बताए ।

बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको सडक निर्माणका लागि रु २१ करोड ४९ लाखमा सम्झौता भएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ९ : ५८ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर