१९ चैत्र २०८१, मंगलबार | April 1, 2025

मिस्टर एण्ड मिस पश्चिमाञ्चलको ग्राण्ड फिनाली साउन ३१ गते



बुटवल । आरएनसी स्टाइल्सको आयोजनामा पाँचौ संस्करणको मिस्टर एण्ड मिसेस पश्चिमाञ्चलको ग्राण्ड फिनाली यही साउन ३१ गते हुने भएको छ । गत असार १६ गतेदेखि अडिसन राउण्ड सुरु भई शनिबार बुटवलको आरम्भ रिसोर्टमा क्लोज क्याम्प सम्पन्न गरिएको छ । प्रतियागितामा १०/१० जना फानालिस्ट छनोट गरिएको आरएनसीका निर्देशक सुजि बस्यालले जानकारी दिए ।

लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी ४०/४० जना महिल/ पुरुष प्रतियोगीहरुबाट विभिन्न चरणको छनोट पार गर्दै फाइनलिस्ट तय गरिएको निर्देशक बस्यालले बताए ।

अडिसन राउण्डसँगै २५ दिनको ट्रेनिङ, पछि क्लोज क्षाम्प लगायतका चरणहरु पार गर्दै उनीहरुलाई नेतृत्व तथा क्षमता विकास सम्बन्धि उत्पेरणामुलक ज्ञान र सीप प्रदान गर्ने काम भएको आरएनसी स्टाइल्सका सिईयो रेशक न्यौपानले जानकारी दिए । साउन ३१ गते होटेल र्याडिसनमा हुने ग्राण्ड फिनालीको विजेताले नगद २५/२५ हजार सहित विभिन्न आकर्षक उपहारहरु प्राप्त गर्ने उनले बताए ।

सन २०१६ देखि हरेक दुई/दुई वर्षमा हुँदै आएको प्रतियोगितामा विजेता मिस्टर सचिन केसी र मिस अमिसा थापा समेत फिनालीमा सहभागी हुने बताइएको छ । रुपन्देहीसहित रौतहट, नवलपरासी, पाल्पा, गुल्मी, कपिलवस्तु लगायतका जिल्लाहरुबाट सहभागी प्रतियोगितामा १६ वर्षदेखि २४ वर्षसम्मका युवाहरु सहभागी भएका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ३ : ०४ बजे

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

लिस्बन । पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेलले राष्ट्रपति

अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही

म्याग्दी । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न

पाटेबाघलाई निकुञ्जमा छाडियो

कञ्चनपुर । बेलौरी नगरपालिका-२ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको बयस्क भाले

प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक

नारायणगढ-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्र

नवलपरासी । नारायणगढ-बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर