५ चैत्र २०८१, मंगलबार | March 18, 2025

नागरिक लगानी कोषको नाफा बढ्यो



काठमाडौं। नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ९० करोड ७८ लाख ३६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको भन्दा ३६.७४ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ६६ करोड ३९ लाख ११ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस कोषको सेवा तथा कमिसनबाट हुने आम्दानी १ अर्ब २४ करोड ८८ लाखबाट बढेर १ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ पुगेको छ । साथै, ब्याज आम्दानी पनि ३५ करोड ९९ लाखबाट बढेर ४० करोड ४९ लाख पुगेको छ । जसले गर्दा यसको नाफामा वृद्धि देखिएको हो ।

लगानी कोषको चुक्ता पुँजी ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोषको आकार २२ अर्ब ३६ करोड ९४ लाख रहेको छ । अघिल्लो वर्ष रिजर्भ १९ अर्ब १५ करोड ५१ लाख रुपैयाँ रहेको थियो । यसले मुद्दति निक्षेपमा १ खर्ब १४ अर्ब ७२ करोड ७७ लाख रुपैयाँ लगानी गरेको छ ।

यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ ३० पैसाबाट घटेर १७ रुपैयाँ ८ पैसा कायम भएको छ । यसको नेटवर्थ २२३ रुपैयाँ ८० पैसाबाट घटेर १५४ रुपैयाँ ८१ पैसा कायम भएको छ । आरओआइ ९.४० ५ रहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ११ : ४४ बजे

आठ महिनामा बीस गैँडा मरे

चितवन । चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा

मुआब्जा नपाएपछि जलविद्युत आयोजना बन्द

खोटाङ । यहाँको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने

करिब बीस करोड रकमसहित काठमाडौंमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको

दाङमा मकै उत्पादन बढ्यो

दाङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको

स्ववियु निर्वाचन : बाँकेका ३ क्याम्पसमा मतदान सुरु, जनसिद्देश्वरमा स्थगित

नेपालगन्ज । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज सहित बाँकेका तीन वटा