२६ पुस २०८१, शुक्रबार | January 10, 2025

डुबेर बेपत्ता भएका किशोर तीन दिनपछि मृतावस्थामा फेला



खजुरा । बाँकेको खजुरा गाउँपालिका-७ स्थित जेठी नालामा डुबेर बेपत्ता भएका एक किशोर तीन दिनपछि मृतावस्थामा फेला परेका छन् ।

जेठी नालामा पौडी खेल्न गएका खजुरा गाउँपालिका-६ सिमलघारी निवासी १५ वर्षीय विकास सुनार बुधबार अपराह्न ४ बजेतिर बेपत्ता भएका थिए । बेपत्ता भएको स्थानबाट करिब दुई सय मिटर तल रहेको पिविसी इँटाभट्टा नजिक नालामा गए राति सुनारको शव फेला परेको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए ।

बेपत्ता सुनारको शव धनौली इलाका प्रहरी कार्यालयबाट खटिएको सुरक्षाकर्मीको टोलीसहित रहेका स्थानीय गोपाल तामाङले नालाबाट निकालेका थिए । सुनारको शव शुक्रबारनै भेरी अस्पताल नेपालगञ्जमा परीक्षणका लागि ल्याइएको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक बेल्बासेले बताए ।

जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत सुनार खोलामा बाढी आएको समयमा पौडी खेल्दा बेपत्ता भएको विद्यालयको व्यवस्थापन समिति अध्यक्ष दलकृष्ण सुनारले जानकारी दिए ।

लगातारको बर्सातले बाँकेको खजुरा गाउँपालिका क्षेत्रमा बग्ने जेठी नाला, किरण नाला र पेडारी नालामा बाढी आएको छ । बर्सातमा बाढी आउने खोला नाला, पोखरी, पानी जमेको ठाँउमा दुर्घटना हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ८ : ३२ बजे

जीपको ठक्करबाट एक जनाको मृत्यु

बाजुरा । जिल्लाको बूढीनन्दा नगरपालिकाको पाण्डुसैनमा जीपको ठक्करबाट एक जना

‘सूचना माग्दा प्रशासनिक संयन्त्र भाग्ने अवस्था हुनुहुँदैन’

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनताले सूचना माग्दा

प्रचण्ड-माधवबीच आज पनि छलफल

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा

३७ लाख धरौटी बुझाएर छुटिन लिला पछाईं

पोखरा । सहकारी ठगीमा पक्राउ परेकी लिला पछाईं छुटेकी छिन्

हस्तकला क्षेत्र सरकारको सँधै प्राथमिकता रहन्छ : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी र निर्यात वृद्धिमा