काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा व्यवसायी रोहन अडुकिया पक्राउ परेका छन् । भारतबाट काठमाडौं फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट उनलाई पक्राउ गरिएको हो ।
नयाँ दिल्ली हुँदै इन्डियो विमानमार्फत काठमाडौं पुगेका उनलाई विमानस्थलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई अध्यागमन कार्यालयले शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनलाई अध्यागमन विभागले राजश्व अनुसन्धान विभागमा बुझाइएको छ ।
एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा राजश्व अनुसन्धान विभागले रोहनका बाबु राकेश अडुकियाको घरमा छापा मारेको थियो । उक्त प्रकरणमा नाम जोडिएपछि राकेश फरार थिए।
प्रतिक्रिया