५ मंसिर २०८१, बुधबार | November 20, 2024

लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष लामाद्धारा पदभारग्रहण

लुम्बिनीको इज्जत जाने कुनै काम गर्ने छैन : डा. ल्हारक्याल



लुम्बिनी । नवनियुक्त लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ)ले विहिबार पदभार ग्रहण गरेका छन् । बुद्धजन्मस्थल लुम्बिनी स्थित कोषको प्रधान कार्यालयमा नवनियुक्त उपाध्यक्ष लामाले पदभारग्रहण गरी औपचारीक रुपमा कार्यभार समालेका हुन ।

उनलाई कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई लगायतले खादा ओढाएर कार्यालयमा स्वागत गरे । उपाध्यक्ष लामाले बुद्धजन्मस्थल लुम्बिनीबाट ७ किमि दक्षिण निपनिया स्थित दानव नदी किनारमा बाढीको जोखिममा रहेको कुषाणकालिन इट्टाले बनेको इनारको उद्धार संरक्षण उत्खनन गर्ने निर्णय सदर गरेका छन् । पदभारग्रहण अघि कोषका तर्फबाट आयोजित स्वागत कार्यक्रममा बोल्दै लुम्बिनीको गरिमालाई उच्चो राख्दै काम गर्ने प्रतिबद्धता जनाए । उनले गौतम बुद्ध र मायादेवीलाई साक्षी राखेर लुम्बिनी जस्तो पवित्र ठाउँको बदनाम नगर्ने बताए ।

उनले आफू लामो समयदेखि बुद्धमार्गमा हिड्दै बुद्धकै सन्देश फैलाउने काम गरेको बताउँदै उपाध्यक्षको भूमिकामा रहदा लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रचार गर्ने बताए । उनले बुद्धजन्मस्थलाई विश्वले नै श्रद्धाका साथ हेर्ने थलो भएकाले यसको गरिमा बढाउने गरि काम गर्न आफू पदाधिकारी, कर्मचारी र स्थानीयहरुसँग हातेमालो गरेर अगाडि बढ्ने बताए । उनले आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म कुनै पनि प्रकारको गलत काम नगर्ने बताए । ‘मान्छे हो, कहिलेकाँही बुझाईमा समस्या हुनसक्ला तर, मेरो बुद्धि विवेकले भ्याएसम्म लुम्बिनीको इज्जत जाने कुनै काम गर्ने छैन, व्यक्तिगत लाभ लिने काम गर्नेछैन’ उनले भने ।

उपाध्यक्ष लामाले विश्वमा मानव रहदासम्म बुद्ध र लुम्बिनीको महत्व रहने बताउँदै विश्वभरका पर्यटकलाई लुम्बिनी ल्याउने वातावरणका लागि आफूले हालसम्म प्राप्त गरेको अनुभवहरु प्रयोग गर्ने बताए । उनले लुम्बिनीलाई पवित्र स्थलका रुपमा परिचित बनाउने गरि काम गर्नका लागि पदाधिकारी, कर्मचारी, स्थानीयहरुसँग हातेमालो गरेर अगाडि बढ्ने बताए ।

स्वागत कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बौद्धदर्शमा विद्यावारिधी गरेका अनुभवी व्यक्तिलाई उपाध्यक्षका रुपमा पाएको बताउँदै लुम्बिनी बनाउने काममा सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले भाषण भन्दा लुम्बिनीका बाँकी गुरुयोजना, लुम्बिनीलाई विश्वभका बौद्धधर्माम्बलम्बीहरुको आस्थाको केन्द्रका रुपमा विकास गर्न काम गरेर नतिजा दिनुपर्ने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता एंव पूर्वमन्त्री वकिल मुसलमानले डा. ल्हारकाल लामा काम गर्ने व्यक्ति भएको बताउँदै काम गर्ने वातावरण बनाउनुपर्ने बताए ।

कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीको कार्यक्षेत्र ठूलो रहेको र सिमति साधन श्रोतबाट काम भइरहेकाले अब बाँकी कामहरु न्वनियुक्त उपाध्यक्षको नेतृत्वमा हुने विश्वास लिए । नवनियुक्त लामाको स्वागतमा लुम्बिनी विकास कोषका पदाधिकारी सहित बोर्ड सदस्य, परिषद सदस्य, कर्मचारी र केहि स्थानीयहरुको समेत उपस्थिती रहेको थियो ।

यसअघिका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश त्रिपाठी)को कार्यकाल साउन ९ गते सकिएपछि प्रचण्ड नेतृत्वको सरकारले साउन १६ गते डा.लामालाई उपाध्यक्षका रुपमा नियुक्त गरेको हो । पूर्व राज्यमन्त्री, संविधानसभा सदस्य समेत रहेका डा. लामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य छन् ।

को हुन लामा

नवनियुक्त लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) को जन्म सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ मा वुवा पासाङ फुर्बा र आमा नोर्बु रानीको कोखबाट १० औं कान्छो सन्तानका रुपमा भएको थियो । डा. लामाले बाल्यकाल शिक्षा जन्मस्थान हेलम्बु र त्यसपछि काठमाडौं बौद्धमा आर्जन गरे ।

भगवान गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको भनेर अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनहरुमा बताउँदै आएका छन । बौद्ध दर्शनमा विद्यावारिधी (पिएचडी) गर्नुभएका लामासँग अर्थराज्यमन्त्री भएर देशको राजकाज चलाएको अनुवभ छ । यसका साथै संविधानसभा सदस्य भएर संविधान निर्माणमा पनि लामाको योगदान छ ।

डा.लामालाई तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले स्थानीय विकास मन्त्रालयअन्तर्गत गुम्बा व्यवस्था विकास समिति (२०५७-२०६३) को अध्यक्ष नियुक्त गरेको थियो ।

डा. लामाले आफ्नो कार्यकालमा ७५ वटै जिल्लामा विदेशी धर्मको प्रभाव रोकथाम तथा बौद्धमार्गीमा जागरण ल्याउँदै बुद्धका उपदेश अभियान चलाएका थिए । २०५७ सालसम्म देशभर २५० गुम्बा दर्ता भएकोमा उनको कार्यकाल सकिने बेलासम्म ३ हजार गुम्बा दर्ता गरी राज्यको छाताभित्र ल्याउन सफल भएका थिए ।

२०६१ सालमा उनले गुम्बा व्यवस्था विकास समितिको अध्यक्षकै हैसियतमा तत्कालीन राजा ज्ञानेन्द्रलाई अभिषेक आशीर्वाद समेत प्राप्त गरेका थिए । डा.ल्हारक्याल लामा बौद्ध धर्मसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा आबद्ध छन । सन् २०१२ देखि निरन्तर अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन (आईबीसी)को स्थायी कमिटीमा रहेका डा.लामा सन् २०१६ देखि हालसम्म आईबीसीको सचिव निर्वाचित भई कार्यभार सम्हालेका छन ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ४ : ४० बजे

‘भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडानले तराईमा पर्यटन विकासको ढोका खुल्यो’

काठमाडौं । नेपालको पर्यटन भन्नासाथ विशेष गरी हिमालय क्षेत्रलाई मानिन्छ

भेरी करिडोर : नलगाड-तल्लु खण्डमा धमाधम काम हुँदै

सुर्खेत । भेरी करिडोर सुर्खेतबाट सुरु भई चीनको स्वशासित क्षेत्र

स्थानीय तह उपनिर्वाचन : आज उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

काठमाडौं । मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको कार्यक्रम

कोपमा उपस्थित सबैले आफ्नो भूमिका प्रभावकारी र सशक्त रुपमा निर्वाह गरिरहनुभएको छ : सचिव डा खराल

अजरबैजान । अजरबैजानको बाकु सहरमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप

शान्ति सम्झौताको १८ वर्ष : न्यायको प्रतीक्षामा पीडित

काठमाडौं । द्वन्द्वका कारणहरुको खोजी गर्ने र पीडितलाई राहत तथा