५ चैत्र २०८१, मंगलबार | March 18, 2025

नेविसंघका असन्तुष्ट समुहले आज देउवा निवास घेर्ने



काठमाडौं । नेपाल विद्यार्थी संघको असन्तुष्ट नेताहरूले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास घेराऊ गर्ने भएका छन् ।

नेविसंघको हालै मनोनित केन्द्रीय सदस्यहरुमा सक्रिय कार्यकर्ता नपरेपछि असन्तुष्ट समुहले हिजो सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय घेराउ तथा नाराबाजी गरेका थिए । तर, उनीहरुलाई सानेपास्थित केन्द्रीय कार्यालय जान नदिएपछि आज पार्टी सभापति देउवाको निवास घेराऊ गर्न लागेका हुन ।

नेविसंघका असन्तुष्ट समुहका विद्यार्थी नेता योगेन्द्र रावलले हिजो भने, ‘पार्टी कार्यालयमा प्रवेश नै गर्न नदिए पछि त अब कुनै न कुनै नेताको घरमा गएर कमिटि बनाउनुपर्ने हुन्छ, आज (बिहिबार) शेरबहादुर दाइको घर घेर्न जान्छौं ।’ उनका अनुसार धुम्बाराहीस्थित देउवा निवासमा असन्तुष्ट विद्यार्थी नेताहरुले आज घर घेराऊ गरी नेबिसंघ केन्द्रिय समिति सदस्य मनोनयनमा पुर्नविचार गर्न दबाब दिइनेछ ।

असन्तुष्ट समुहको नेतृत्वको गर्ने बिद्यार्थी नेता प्राध्यापक प्रेम चलाउने माथी हातपात गर्ने नेता हुन् ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको सिफारिसमा सभापति देउवाले ७ सय १० जनालाई केन्द्रिय समितिमा मनोनयन गरेका हुन् । उनले गरेको सो मनोयननमा स्वयं रावल पनि अटाएका छैनन् ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ७ : ०२ बजे

साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिप फुटबल

आठ महिनामा बीस गैँडा मरे

चितवन । चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा

मुआब्जा नपाएपछि जलविद्युत आयोजना बन्द

खोटाङ । यहाँको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने

करिब बीस करोड रकमसहित काठमाडौंमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको

दाङमा मकै उत्पादन बढ्यो

दाङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको