१४ पुस २०८१, आइतबार | December 29, 2024

लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामा नियुक्त



काठमाडौं । सरकारले ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्ष पदमा नियुक्त गरेको छ । वैदेशिक रोजगार, अवैध हतियार, दोहोरो नागरिकतासहित विभिन्न अभियोगमा पटकपटक पक्राउ परेका लामा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएका हुन ।

सरकारले औपचारिकरुपमा लामाको नियुक्तिबारे नखुलाएपनि बैठकबाट उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय भएको स्रोतले दाबी गरेको छ ।

उनी ०६७ मा एमालेबाट अर्थराज्यमन्त्री बनेका थिए । तर, विवादका कारण उनले छोटो समयमै राजीनामा दिनुपरेको थियो । त्यसपछि उनी ०७० सालमा तत्कालीन एकीकृत माओवादीमा प्रवेश गरका थिए ।

माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका ल्हारक्याल लामा यस अघि अर्थ राज्यमन्त्री, गुम्बा ब्यवस्थापन समितिको अध्यक्ष बनिसकेका ब्यक्ति हुन् । उनी दुबै पटक संविधानसभा सदस्यसमेत रहेका थिए । उनी कोषको उपाध्यक्ष बन्न निकै अघिदेखि प्रयासरत थिए ।

ल्यारक्यालको धार्मिक नाम डा. खेन्पो छिमे छिरिङ हो र सिन्धुपाल्चोक हेलम्बुका बासिन्दा हुन् । उनले बाल्यकालको शिक्षा हेलम्बु र त्यसपछि काठमाडौं बौद्धमा आर्जन गरे भने दक्षिण भारतको कर्नाटक राज्यस्थित मसुरीको निङ्मा विश्वविद्यालयबाट १२ वर्ष लामो अध्ययनपछि खेन्पो डिग्री हासिल गरेका हुन् ।

लुम्बिनी कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीको गत साउन १० गते कार्यकाल सकिएपछि लामालाई नियुक्त गरिएको संघीय सरकारका एक मन्त्रीले जानकारी दिए ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  १० : ०८ बजे

दक्षिण कोरियामा विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको

बुटवल मेलामा पहिलो अभ्यास : अग्नी सुरक्षासहित विपद प्रतिकार्य तैनाथ

बुटवल । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नारासहित बुटवलमा

त्रिवेणीवासीलाई बाटोकै सास्ती

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाभित्र पर्ने

औद्योगिक व्यापार मेला बुटवल : विद्यालय स्तरीय लोकनृत्यमा अक्सफोर्ड प्रथम

बुटवल । बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा आयोजना गरिएको विद्यालय

पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’

कास्की । नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध