३१ भदौ २०८१, सोमबार | September 17, 2024

जनताको काममा जुट्न एमाले नेता गिरीको निर्देशन



बर्दिया । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले नेता कार्यकर्ताहरुलाई जनताको काममा जुट्न निर्देशन दिएका छन् ।

एमाले बर्दिया जिल्ला कमिटिले आयोजना गरेको पालिकास्तरीय प्रशिक्षण कार्यक्रममा बर्दिया जिल्ला इन्चार्जसमेत रहेका पूर्वलुम्बिनी प्रदेश मुख्यमन्त्री एवं पोलिटब्यूरो सदस्य गिरीले पार्टी स्थापनाको लक्ष्य उद्देश्यअनुसार जनताको काममा जुट्न निर्देशन दिए ।

कम्युनिष्ट पार्टी स्थापनाको इतिहास सुनाउँदै नेकपा एमाले बर्दिया ईन्चार्ज गिरीले विशेषगरी वर्गीय रुपमा पछाडि परेको वर्गको सुखमा मात्र होइन, दुःखमा संगसंगै काँधमा काँध मिलाएर अघि बढ्न जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गरे । तत्कालिन अवस्थामा विशेषगरी निरंकुश राजतन्त्रको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक गणतन्त्र स्थापनाको सन्दर्भमा नेकपा एमालेले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराउँदै यो मुलुकको समृद्धि नेकपा एमालेले मात्र हाँसिल गर्न सक्ने बताए ।

पार्टी स्थापनाको इतिहास सुनाउँदै इन्चार्ज गिरीले हामीले कुनै पदको लोभमा भूमिगत भएर संघर्ष गरेको जेल बसेको होइन, केवल यो मुलुकलाई सार्वभौमसत्ता बनाउन, जनतालाई अधिकार सम्पन्न बनाउन, दासताको उन्मुलक गर्न, जातीय तथा वर्गीय रुपमा हेपिएका, दबिएकाहरुको पक्षमा लागेर सामान्ती सोच भएकाहरुलाई परास्त गरी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न कम्युनिष्ट भएको बताए । अहिले पार्टीभित्र अवसर मात्र खोज्ने पार्टीको काम नगर्ने परिपाटीको विकास भएको भन्दै पद पाउनका लागि मात्र राजनीति नगर्न अनुरोध गरे ।

नेकपा एमाले बर्दिया जिल्ला कमिटिले यही साउन १५ गतेदेखि २२ गतेसम्म बर्दिया जिल्लाका आठ वटै स्थानीय तहमा नेता तथा कार्यकर्ताहरुलाई पार्टी प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । आइतबार बाँसगढी नगरपालिकास्तरमा प्रशिक्षण कार्यक्रम सकिएको छ भने सोमबार बढैयाताल गाउँपालिकामा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।

पालिकास्तरीय प्रशिक्षण कार्यक्रममा पोलिटब्यूरो सदस्य लिला गिरीसँगै केन्द्रिय सदस्यहरु लक्ष्मण ज्ञवाली, शोभा ज्ञवाली, भिम केसी, खडकबहादुर खड्का तथा बर्दिया जिल्ला अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष शालिकराम अधिकारी र सचिव पदम ढकालले समेत प्रतिशत कार्यक्रमलाई सम्बोधन गर्दै आएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ८ : २१ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित